२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल

आईपीएलः दिल्लीसँगको हारको बदला लिने दाउमा गुजरात

आईपीएलः दिल्लीसँगको हारको बदला लिने दाउमा गुजरात
अ अ+ अ-

काठमाडौँ । आईपीएल २०२४ को ४० औं खेलमा आज दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल साँझ ७ः४५ बजेदेखि दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियममा हुनेछ ।

दुबै टोली जारी सिजनमा दोस्रो पटक आमने सामने हुनेछन् । पछिल्लो पटक दिल्ली ६ विकेटले विजयी भएको थियो ।

आज दुवै टोलीको यो सिजनको नवौं खेल हुनेछ । दिल्ली ८ मध्ये ३ खेल जितेर ६ अंकसहित अंक तालिकाको आठौं स्थानमा छ । अर्कोतर्फ गुजरात ८ अंकसहित ४ मा जित हात पार्दै छैटौं स्थानमा छ ।

आईपीएलमा दिल्ली र गुजरातबीच ४ वटा खेल भएका छन् । दुबैले २–२ खेल जितेका छन् । दुई टोलीबीचको अन्तिम खेल निकै रोमाञ्चक रह्यो । जहाँ दिल्लीले गुजरातलाई १७.३ ओभरमा ८९ रनमा अलआउट गरेको थियो। यो खेल दिल्लीले ८.५ ओभरमा ६ विकेटले जितेको थियो ।

दिल्लीले सिजनका पाँच खेलमा हार बेहोरेको छ । पञ्जाब, राजस्थान, कोलकाता, मुम्बई र हैदरावादसँग उसले पराजय बेहोरेको थियो । यस्तै, दिल्लीले चेन्नई, लखनउ र गुजरातलाई पराजित गर्यो ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक रन बनाएका छन् । उनले ८ खेलमा २५४ रन बनाएका छन् । उनीबाहेक ट्रिस्टन स्टब्स १९९ रन बनाएर दोस्रो स्थानमा छन् । बलरमध्ये कुलदीप यादव र खलिल अहमद दुवैको नाममा १०–१० विकेट छन् । तर, राम्रो इकोनोमी रेटका साथ कुलदीप टोलीका शीर्ष विकेट लिने खेलाडी हुन् ।

सन् २०२२ को च्याम्पियन गुजरात टाइटन्सले यो सिजन ४ खेलमा जित निकालेको छ । गुजरातले मुम्बई, हैदरावाद, राजस्थान र पञ्जाबविरुद्ध यी चार खेलमा जित हात पारेको छ । यस्तै, गुजरात चेन्नई, पञ्जाब, लखनउ र दिल्लीसँग पराजित भएको थियो । टोलीले आज फेरि दिल्लीसँग खेल्दैछ ।

कप्तान शुभमन गिल र बायाँ हाते ब्याट्सम्यान साई सुदर्शन उत्कृष्ट लयमा छन् । दुवैले २५० भन्दा बढी रन बनाएका छन् । कप्तान गिलले सर्वाधिक २९८ रन बनाएका छन् । यस अवधिमा गिलले दुई अर्धशतक पनि बनाए । गिल सिजनका उत्कृष्ट १० स्कोररको सूचीमा पनि छैटौं स्थानमा छन् । बलिङमा फास्ट बलर मोहित शर्मा १० विकेट लिएर शीर्ष स्थानमा छन् । स्पिनर राशिद खान ८ विकेट लिएर दोस्रो स्थानमा छन् ।

दिल्लीको अरुण जेटली स्टेडियममा आईपीएलमा अहिलेसम्म जम्मा ८५ खेल खेलिएको छ । जसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ३८ खेल जितेको छ भने दोस्रो ब्याटिङ गर्ने टोलीले ४६ खेल जितेको छ । एक खेल अनिर्णित रह्यो ।