२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

तलब थोरै तर काम ठूलो: यी खेलाडीले मात्र २० लाखमा करोडौंको प्रदर्शन गरिरहेका छन्

तलब थोरै तर काम ठूलो: यी खेलाडीले मात्र २० लाखमा करोडौंको प्रदर्शन गरिरहेका छन्
अ अ+ अ-

एजेन्सी । १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)ले सुरु हुनुअघि नै कीर्तिमान बनाएको थियो । मिचेल स्टार्क आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बने, जसलाई केकेआरले २४.७५ करोडमा किनेको थियो ।

तर कतिपय खेलाडीले आफ्नो आधार मूल्य अर्थात् २० लाखमा बिक्री भएपछि पनि आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

शशांक सिंह र आशुतोष शर्मा – पञ्जाब किंग्स
आशुतोष शर्माले आईपीएल २०२४ मा पञ्जाब किंग्सबाट डेब्यु गरेका छन् । ६–७ नम्बरमा ब्याटिङ गर्दै उनले पञ्जाबका लागि फिनिशरको भूमिका खेलिरहेका छन् ।

उनी एक्लैले मुम्बई इन्डियन्सविरुद्ध २८ बलमा ६८ रनको उत्कृष्ट इनिङ खेल्दै पञ्जाबलाई जितको नजिक पुर्याए, तर पराजयका बाबजुद उनी पञ्जाबका लागि नायक बने ।

धेरै खेलमा शशांक सिंहसँगको उनको जोडीले बलरलाई निकै कठिन बनाएको छ । दुवैलाई एक सिजनमा २० लाख मात्रै पारिश्रमिक दिइन्छ । यस सिजनमा एकातिर आशुतोषले १५९ रन बनाएका छन् भने शशांक सिंहले १९५ रन बनाएका छन् ।

अङ्क्रिश रघुवंशी र हर्षित राणा – केकेआर
अङ्क्रिश रघुवंशी २०२२ को अन्डर–१९ क्रिकेट विश्वकपमा भारतीय टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी थिए । आईपीएलको डेब्यु खेलमा ५४ रनको इनिङ खेलेपछि अङ्क्रिश चर्चामा आएका थिए । अर्कोतर्फ, कोलकाता नाइट राइडर्सले हर्षित रानाको रूपमा प्रतिभाशाली बलर पाएको छ। हर्षित २०२२ देखि केकेआरसँग आबद्ध छन् तर आइपिएल २०२४ मा उनी टोलीका लागि मुख्य बलरको रूपमा उभिएका छन् र अहिलेसम्म ६ खेलमा ९ विकेट लिएका छन् ।

लखनऊ सुपर जायन्ट्सलाई चिट्ठा
एलएसजीले चालू सिजनमा १, २ होइन ३ युवा स्टार पाएको छ । मयंक यादवले आईपीएल २०२४ को सबैभन्दा छिटो बलिङ गरेर क्रिकेट जगतमा हलचल मच्चाएका थिए । योसँगै आयुष बडोनीले यो सिजन धेरै महत्वपूर्ण इनिङ खेलेका टोलीको मिडल अर्डर ब्याटिङलाई बलियो बनाउँदैछन् । उनीबाहेक जारी सिजनमा अहिलेसम्म ८ विकेट लिएका यश ठाकुरको बलिङले पनि ब्याट्सम्यानहरुलाई निरन्तर सताइरहेको छ ।

अन्य टिममा पनि युवा स्टार छन्
गुजरात टाइटन्सको कुरा गर्दा, साई सुदर्शनले नम्बर ३ ब्याट्सम्यानको भूमिका निकै राम्रोसँग खेलेका छन् । उनले चालू सिजनमा २६९ रन बनाएका छन् । सनराइजर्स हैदरावादले हालै युवा अलराउन्डर नितिश रेड्डीलाई मौका दियो, जसले आफ्नो दोस्रो खेलमा म्याच जित्ने प्रदर्शन दिए ।

उनले दिल्लीविरुद्धको खेलमा ३७ रन बनाएका थिए भने २ महत्वपूर्ण विकेट पनि लिएका थिए । अभिषेक पोरेलले दिल्ली क्यापिटल्सका लागि तल्लो क्रमका ब्याट्सम्यानका रूपमा सुरु गरे पनि अहिले ३–४ नम्बरमा ब्याटिङ गर्दै धेरै रन बनाइरहेका छन् ।

मुम्बई इन्डियन्सका आकाश मधवालले गति र नियमित विकेट लिइरहेका छन् । राजस्थान रोयल्सको कुरा गर्ने हो भने, टोलीले कुलदीप सेनलाई ३ मौका दिएको छ, जसले ६ विकेट लिएर आफ्नो उज्ज्वल भविष्यको जग बसालेका छन् ।