१३ श्रावण २०८३, बुधबार
,
Latest
मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि… चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ… १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा यो सिजन सबैभन्दा लामो छक्का प्रहार गर्ने पाँच खेलाडी



अ+ अ-

एजेन्सी । १७ औं संस्करणको आईपीएलमा धेरै रन बनेका छन् । फ्यानहरु प्रायः चौका र छक्का हेर्नको लागि आईपीएल हेर्न चाहन्छन् । आईपीएलको यो सिजनमा पनि भारी रन र छक्काको वर्षा भइरहेको छ । लामो छक्का प्रहार गरेर कीर्तिमान बनाउन खेलाडीहरु रोकिएका छैनन् । आईपीएल २०२४ मा हालसम्म १०८, १०६ र १०३ मिटर लामो छक्का शीर्ष पाँचमा परेका छन् ।

दिनेश कार्तिक
१. दिनेश कार्तिक सबैभन्दा लामो छक्का प्रहार गर्ने सूचीमा पहिलो नम्बरमा छन् । चिन्नास्वामी स्टेडियममा सनराइजर्स हैदराबादविरुद्ध खेलिएको आईपीएल २०२४ को ३०औं खेलमा उनले यो उपलब्धि गरेका हुन् । यस खेलमा दिनेशले १०८ मिटर लामो छक्का प्रहार गरेका थिए । यो उच्च स्कोरिङ खेल थियो, जसमा कार्तिकले ३५ बलमा ८३ रन बनाएका थिए । जसमा ७ छक्का र ५ चौका सामेल थिए ।

२. हेनरिक क्लासेन
सबैभन्दा लामो छक्का प्रहार गर्ने यो सूचीमा हेनरिक क्लासेन दोस्रो स्थानमा छन् । उनले चिन्नास्वामी स्टेडियममा आरसीबीविरुद्ध खेलिएको आईपीएल २०२४ को ३० औं खेलमा १०६ मिटर लामो छक्का प्रहार गरेका थिए । यस खेलमा क्लासेनले ३१ बलमा ६७ रन बनाएका थिए । जसमा ७ छक्का र २ चौका सामेल थिए ।

३. निकोलस पूरन
सबैभन्दा लामो छक्का प्रहार गर्ने यो सूचीमा निकोलस पूरन तेस्रो स्थानमा छन् । उनले आईपीएल २०२४ को १५ औं खेलमा आरसीबीविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् । पुरनले १०६ मिटर लामो छक्का प्रहार गरेका थिए । यो खेलमा निकोलस पुरनले २१ बलमा ५ छक्का र १ चौका सहित ४० रन बनाए ।

४. वेंकटेश अय्यर
वेंकटेश अय्यर यस सूचीमा चौथो नम्बरमा छन् । उनले आईपीएल २०२४ को १० औं खेलमा आरसीबीविरुद्ध १०६ मिटर लामो छक्का प्रहार गरेका थिए । यो खेल पनि चिन्नास्वामी रंगशालामा खेलिएको थियो । उक्त खेलमा भेंकटेशले ३० बलमा ४ छक्का र ३ चौका सहित ५० रन बनाएका थिए ।

५. इशान किशन
इशान किशन सबैभन्दा लामो छक्का प्रहार गर्ने सूचीमा पाँचौं स्थानमा छन् । इशानले हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा एसआरएचविरुद्ध १०३ मिटर लामो छक्का प्रहार गरेका थिए । उक्त खेलमा इशान किशनले १३ बलमा ४ छक्का र २ चौका सहित ३४ रन बनाएका थिए ।

 




भर्खरै