१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पंकज त्रिपाठीका बहिनीज्वाइँको सडक दुर्घटनामा मृत्यु



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता पंकज त्रिपाठीका बहिनीज्वाइँ राकेश तिवारीको सडक दुर्घटनामा मृत्यु भएको छ । शनिबार साँझ करिब ४ बजे धनबाद जिल्लाको निरसा चोक नजिकै एनएच २ मा भएको सडक दुर्घटनामा पंकजकी बहिनी सविता तिवारी पनि गम्भीर घाइते भएकी छन् ।

उनको धनबादको एक अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा भाँचिएको छ तर उनी खतरामुक्त छन् । घटनाको खबर पाएलगत्तै पंकज त्रिपाठी मुम्बईबाट कोलकाता एयरपोर्ट पुगे र त्यहाँबाट धनबाद प्रस्थान गरेका छन् ।

पंकजका बहिनीज्वाइँ राजेश तिवारी चित्तरञ्जन रेलवे कारखानामा काम गर्थे । उनी शनिबार साँझ श्रीमती सविता तिवारीसँग कारमा गोपालगञ्जबाट चित्तरञ्जन जाँदै थिए । निरसा चोकमा पुग्ने बित्तिकै अटोलाई बचाउन खोज्दा आफ्नो कारको नियन्त्रण गुमाएपछि तिब्र गतिमा रहेको कार तीन फिट अग्लो डिभाइडरमा ठोक्कियो ।

दुर्घटनामा राजेशको टाउकोमा गम्भिर चोट लागेको थियो । सूचना पाएलगत्तै निरसा थानाको प्रहरी स्थानीयको सहयोगमा पुगेर दुवैलाई उपचारका लागि धनबाद एसएनएमसीएच पठाइएको थियो । जहाँ उपचारका क्रममा राकेशको मृत्यु भएको हो ।