२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदरावादले टी–२० क्रिकेटमा रच्यो नयाँ इतिहास, तोड्यो ७ वर्ष पुरानो विश्व कीर्तिमान



अ+ अ-

एजेन्सी । सनराइजर्स हैदरावादले आईपीएल २०२४ मा रेकर्ड बुकलाई पूर्णरुपमा परिवर्तन गरेको छ । सनराइजर्सले आईपीएलको इतिहासमा सर्वाधिक रन बनाएको अवस्थामा दिल्ली क्यापिटल्सविरुद्ध अर्को ठूलो कीर्तिमान बनाएको छ ।

उसले आईपीएलको ३५ औं खेलमा टी–२० क्रिकेट इतिहासमै उच्चतम पावरप्ले स्कोर बनायो ।

कीर्तिमानी प्रदर्शन गर्दै एसआरएचले पहिलो ६ ओभरमा बिना विकेट गुमाएर १२५ रन बनाएको थियो । ट्राभिस हेडले १६ बलमा आइपिएल २०२४ को सबैभन्दा छिटो अर्धशतक बनाए भने अभिषेक शर्माले १० बलमा ४० रन बनाए । एसआरएचले २०१७ मा डरहमविरुद्ध नटिङ्घमशायरको १०६र० को पुरानो रेकर्ड तोड्यो ।

यो सूचीमा सनराइजर्स हैदरावाद पहिलो स्थानमा पुगेको छ । साथै, उुले आईपीएल इतिहासको पहिलो पावरप्लेमा सबैभन्दा ठूलो स्कोर समेत बनायो । हैदरावादले केकेआरले २०१७ मा बनाएको १०५ रनको कीर्तिमान तोड्यो । सनराइजर्स हैदरावादले ५ ओभरमा १०० रनको अंक पार गरेको थियो ।