२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

बुधबार नेप्से सामान्य करेक्सन भएर १७.६३ अंकले उकालो

बुधबार नेप्से सामान्य करेक्सन भएर १७.६३ अंकले उकालो
अ अ+ अ-

काठमाडौं । बुधबार शेयर बजार सामान्य करेक्सन भएर १८.७६ अंकले उकालो लागेको छ । यस दिन बजार २ हजार ४४१.८५ विन्दुमा पुगेर बन्द भएको छ । 

सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८६ अंकले घटेर ४४६ दशमलव ३८ विन्दुमा झरेको छ । मंगलबार रू. ८ अर्ब २७ करेड ९६ लाख ४ हजार बरावरको शेयर खरीदविक्री भएको थियो । बुधबारको कारेबारको दिन रू. ८ अर्ब ६ करोड २ लाख ३८ हजार बराबरको शेयर कारोबार भएको हो । मंगलबारको तुलनामा भने कारोबार रकम घटेको हो । 

यस दिनको कारोबार २०८ ओटा कम्पनीको ५९ हजार १५१ पटकको व्यापारमा भएको हो । उक्त रकम बराबरको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता शेयर कारोबार भएको छ ।

आरम्भ चौतारी लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, गुराँस लघुवित्तको ९ दशमलव ९७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ९६ प्रतिशत ,प्रभ लाइफको ९ दशमलव ९१ प्रतिशत, नेशनल हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशत र एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ९ दशमलव ८२ प्रतिशतले बढेको हो । दोहोरो अंकले बढेको बजारमा पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक ७ दशमलव शून्य ५ प्रतिशतले घटेको छ । पोखरा फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर रू. २७७ मा झरेको हो ।

यो जीवन बीमा समूहको परिसूचक सर्वाधिक ६ दशमलव २५ प्रतिशत बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको ३ दशमलव ९८ प्रतिशत, व्यापारिक समूहको १ दशमलव १४ प्रतिशत,  लघुवित्तको १ दशमलव ६९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २७ प्रतिशत बढेको छ । 

यस दिन होटल समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । होटल समूहको परिसूचक सर्वाधिक १ दशमलव १८ प्रतिशतले घटेको हो । त्यस्तै बैंकिङ समूहको शून्य दशमलव ५७ प्रतिशत, वित्तको र उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५७ प्रतिशत, विकास बैंकको शून्य दशमलव २५ प्रतिशत, जलविद्युतको शून्य दशमलव २१ प्रतिशत र अन्यको शून्य दशमलव ११ प्रतिशत परिसूचक घटेको छ । 

बुधबार नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक रकमको कारोबार ओगटेको छ । यो दिन कम्पनीले ५१ प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेको छ । लाभांश पछि पनि नेपाल लाइफको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।

कम्पनीको रू. ९३ करोड ३४ लाख २३ हजार बराबरको शेयर कारोबार भएको हो भने ९ दशमलव ९९ प्रतिशतले शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१९ ले बढेर अन्तिम मूल्य रू. २ हजार ४११ पुगेको छ । नेपाल लाइफसँगै यस दिन अन्य ६ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।