२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईले पञ्जाबलाई ९ रनले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को ३३ औं खेलमा मुम्बई इन्डियन्स (एमआई)ले पञ्जाब किंग्स (पीबीकेएस) लाई ९ रनले पराजित गर्यो । यो सिजनमा मुम्बईको तेस्रो जित हो । यो जितसँगै मुम्बई अंक तालिकाको ७ नम्बरमा उक्लिएको छ भने पञ्जाब नवौं स्थानमा छ ।

बिहीबार मुल्लानपुर (चण्डिगढ)मा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

जवाफमा पञ्जाब किंग्सको टोली १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । जसप्रित बुमराह प्लेयर अफ द म्याच भए । उनले चार ओभरमा २१ रन दिएर ३ विकेट लिए ।

मुम्बईका लागि सूर्यकुमार यादवले ५३ बलमा ७८ रनको अर्धशतकीय इनिङ खेले । रोहित शर्माले ३६ र तिलक वर्माले अविजित ३४ रन बनाए । पञ्जाबका हर्षल पटेलले ३ विकेट लिए भने कप्तान साम करनले २ विकेट लिए । कागिसो रबाडाले एक विकेट लिए ।

जवाफमा पञ्जाबका लागि आशुतोष शर्माले २८ बलमा ६१ रन बनाए भने शशांक सिंहले २५ बलमा ४१ रनको योगदान दिए । जसप्रित बुमराह र जेराल्ड कोत्जेले ३–३ विकेट लिए । हार्दिक पाण्ड्या, आकाश मधवाल र श्रेयस गोपालले एक–एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको मुम्बईको सुरुवात राम्रो हुन सकेन । टोलीले १८ रनमा इशान किशनको विकेट गुमाएको थियो । यस्तो अवस्थामा रोहित शर्मा र सूर्यकुमार यादवले ५७ बलमा ८१ रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाले । यहाँ रोहित शर्मा (३६ रन) आउट भएपछि सूर्याले तिलक वर्मासँग २८ बलमा ४९ रन जोडे ।

१९३ रनको लक्ष्य पछ्याएको पञ्जाबको सुरुवात पनि खराब रह्यो । पावरप्लेमा ४० रनको स्कोरमा टोलीले ४ विकेट गुमाएको थियो । रन पछ्याउने क्रममा टोलीको शीर्ष क्रममा खास साझेदारी हुन सकेन । यस्तो अवस्थामा शशांक सिंहले हरप्रीत सिंह भाटियासँग ५औं विकेटका लागि ३५ रन जोडे । त्यसपछि शशांकले जितेश शर्मासँग २८ र आशुतोष शर्मासँग ३४ रन जोडे । यहाँ शशांक आउट भएपछि आशुतोषले हरप्रीत ब्रारसँग ३२ बलमा ५७ रनको साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।