२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल फोनलाई सुरक्षित राख्नलाई थाहा पाउनै पर्छ यी १० उपाय, पढ्नुहोस्



अ+ अ-

काठमाडौं । अहिले मोबाइल फोन सबैको लागि अत्यावश्यकीय सामाग्री बनेको छ । सबैले मोबाइल फोन गर्छन् , कतिले त अत्यन्त महंगा मोबाइल फोनहरु बोकेको देखिन्छ। दामी मोबाइल सेट भनेको हाम्रो सम्पत्ति पनि हो। सही उपाय अपनाउन नसक्दा हजारौं रुपैयाँ तिरेको मोबाइल फोन छिट्टै बिग्रन पनि सक्छ। त्यसैले मोबाइल सेट जोगाउन उपयोगी टिप्स यस्ता छन् ।

१) मोबाइल फोनलाई बालुवा र नूनबाट बचाउनु पर्छ, बालुवा र नून सेमीकन्डक्टरहरु हुन्, भित्र पसेमा तिनले फोनको पूर्जा नै बिगारिदिन्छन्। दालमोठ, चाउचाउ खाँदा वा अरु काम गर्दा नून मोबाइल भित्र पसेमा मोबाइलको पूर्जा नै बिग्रन सक्छ।

२) मोबाइलको स्क्रिन सधैँ सफा गर्नुपर्छ । स्क्रीन सफा गर्दा नरम र सफा कपडा प्रयोग गर्नुपर्छ।

३) वाइफाइ र ब्लु टुथ जुन पनि बेला खोलिराखेमा भाइरस पस्ने जोखिम हुने गर्दछ। र साथै यसो गर्दा ब्याट्री पनि चांडो सकिने हुन्छ।

४) ब्याट्रीलाई सधैँ फुल चार्ज गरेर मात्र चलाउनुपर्छ। चार्जिंग युएसबी पोर्टलाई सधै सफा गरेर मात्र प्रयोग गर्नुपर्दछ।

५) मोबाइललाई पानी तथा तरल पदार्थबाट टाढै राख्नुपर्छ । मोबाइलमा पानी पस्यो भने मोबाइल तुरुन्त बिग्रन्छ।

६) मोबाइलमा भएका टेम्पोररी (क्यास) क्लियर गर्नुपर्छ । नत्र, मेमोरी फुल हुँदै जान्छ र ह्याङ हुने तथा बिग्रने समस्या बढ्दै जान्छ ।

७) मोबाइल स्क्रीनको सुरक्षाको लागि स्क्रीन कभर राख्नु पर्दछ। यो अनिवार्य काम जस्तै हो।

८) मोबाइलको चार्जिङ भोल्टेज डिसी फाइभ भोल्टेजको प्रयोग गर्नुपर्छ । यो चार्जरमा लेखेको हुन्छ । तर, कसैले पनि यो कुराको ख्याल गरेको पाइँदैन । त्यसले गर्दा मोबाइलमा आवश्यकभन्दा बढी चार्ज छिर्न सक्छ र मोबाइल बिग्रन सक्छ ।

९) अलिक समय पछि ब्याट्री फुल्न सक्छ। फुलेको ब्याट्री कहिल्यै प्रयोग गर्नु हुँदैन । फुलेको ब्याट्री प्रयोग गर्दा मोबाइल पड्कन सक्छ ।

१०) मोबाइल फोनमा बलियो कभर लगाउनुपर्छ । यसले मोबाइल हातबाट झर्‍यो भने पनि सुरक्षित हुन्छ । एजेन्सीको सहयोगमा