१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोसी बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक – भिडियोसहित



अ+ अ-

काठमाडौँ । चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।

अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको अभिनय छ ।

उपेन्द्र सुब्बा निर्देशित चलचित्रले साधारण कथालाई रोचक बुनाइबाट पेस गरेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् ।

यस्तै विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् ।