२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

आईपीएल इतिहासमा ह्याट्रिक र शतक दुबै बनाउने तेस्रो खेलाडी बने सुनील नारायण

आईपीएल इतिहासमा ह्याट्रिक र शतक दुबै बनाउने तेस्रो खेलाडी बने सुनील नारायण
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिगको १७ औँ सिजनमा नयाँ–नयाँ कीर्तिमान बनिरहेको छ । मंगलबार भएको राजस्थान रोयल्सविरुद्धको खेलमा सुनिल नारायणले आफ्नो क्रिकेट करियरको पहिलो शतक प्रहार गरेका छन् ।

यो शतकको इनिङ्सका कारण उनले धेरै कीर्तिमान बनाएका छन् । उनले आरआरविरुद्ध ५६ बलमा १०९ रनको इनिङ खेलेका थिए । अब उनले आफ्नो नाममा कीर्तिमान बनाएका छन्, जुन अहिलेसम्म रोहित शर्मा र शेन वाट्सनले मात्रै आफ्नो नाममा बनाउन सकेका छन् ।

सुनिल नारायण आईपीएलको इतिहासमा शतक र ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् ।

सुनिल नारायणले राजस्थान रोयल्सविरुद्ध ४९ बलमा शतक प्रहार गरेका थिए । बलरको हैसियतमा उनले सन् २०१३ मा केकेआरबाट खेल्दा पञ्जाब किंग्सविरुद्ध ह्याट्रिक गरेका थिए । नारायणले लगातार ३ बलमा डेभिड हसी, अजहर महमुद र गुरकीरत सिंहलाई आउट गरेका थिए ।

सुनिल नारायणको आईपीएल करियरलाई हेर्दा उनले १६८ खेलमा १ शतक र ५ अर्धशतक खेल्दै १ हजार ३२२ रन बनाएका छन् । अर्कोतर्फ, बलरका रूपमा उनले १६८ खेलमा १६८ पटक ब्याट्सम्यानलाई आफ्नो सिकार बनाएका छन् ।

नारायणको अगाडि रोहित शर्माले पनि यो काम गरेका छन् जसको नाममा आईपीएलमा २ शतक छ । करियरको सुरुवाती दिनमा रोहितले नियमित बलिङ पनि गर्थे । सन् २००९ मा डेक्कन चार्जर्सबाट खेल्दा उनले लगातार ३ बलमा अभिषेक नायर, हरभजन सिंह र जेपी डुमिनीलाई प्याभिलियन पठाए ।

नारायण र रोहित बाहेक शेन वाट्सन तेस्रो खेलाडी हुन् जसले शतक बाहेक ह्याट्रिक समेत गरेका छन् । अस्ट्रेलियाका ब्याट्सम्यान वाट्सनले आफ्नो आईपीएल करियरमा एक वा दुई होइन ४ शतकको इनिङ खेलेका थिए । वाट्सनले सन् २०१४ मा राजस्थान रोयल्सबाट खेल्दा सनराइजर्स हैदरावादविरुद्ध ह्याट्रिक गरेका थिए । वाटसनले लगातार ३ बलमा शिखर धवन, मोइसेज हेनरिकेस र कर्ण शर्मालाई प्याभिलियन पठाएका थिए ।