९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

तीन जीवनदानमा परागले अर्धशतक बनाए

तीन जीवनदानमा परागले अर्धशतक बनाए
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्स (जीटी)ले लगातार दुई पराजयपछि जित हासिल गर्यो ।
बुधबार भएको रोमाञ्चक खेलमा टोलीले राजस्थान रोयल्स (आरआर) लाई ३ विकेटले पराजित गर्यो ।

जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा गुजरातले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफि ब्याटिङ​ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १९७ रनको लक्ष्य पुरा गरेको थियो ।

गुजरातका कप्तान शुभमन गिलले ४४ बलमा ७२ रनको इनिङ खेले । उनलाई युजभेन्द्र चहलले आफ्नो चतुराईले स्टम्पिङ गरेका थिए । यसअघि विजय शंकरले बाउन्ड्रीमा रियान परागको उत्कृष्ट क्याच लिएका थिए । यस्तै, खेलको क्रममा गिलले फिल्ड अम्पायरसँग झगडा समेत गरेको देखियो ।

यस्तो छ गुजरात र राजस्थानबिचको रोमाञ्चक मोमेन्ट

१. परागले तीन जीवनदानमा ४८ बलमा ७६ रन बनाए

राजस्थानका रियान परागले ४८ बलमा ७६ रनको अर्धशतकीय इनिङ खेले । यस इनिङ्समा उनले तीनवटा जीवनदान पाएका थिए । अन्तमा उनलाई १९ औं ओभरको चौथो बलमा मोहित शर्माले विजय शंकरको हातमा क्याच गराएका थिए ।

छैटौं ओभरमा गुजरातका विकेटकीपर म्याथ्यू वेडले राशिद खानको ओभरको अन्तिम बलमा क्याच छुटाएका थिए। पछि राशिदको बल फेरि वेडको ग्लोभ्सबाट चिप्लियो।आठौं ओभरको पाँचौं बलमा परागले दोस्रो जीवनदान पाए।

यस्तै, १७ औं ओभरको तेस्रो बलमा साई सुदर्शन परागको बल क्याच गर्न सकेनन् । मोहित शर्माको ओभरमा परागले अतिरिक्त कभरतर्फ अफ साइडमा बल हिर्काएका थिए। साई सुदर्शन आफ्नो दायाँतर्फ दौडे र बल समात्न डाइभ समेत गरे तर बल पुग्न सकेनन् । यतिबेला पराग ६५ रनमा खेल्दै थिए ।

२. पराग र सञ्जुको अर्धशतक

बुधबारको खेलमा रियान पराग र सञ्जु सामसनले आ–आफ्ना अर्धशतक पूरा गरे । रियान परागले १४औं ओभरमा मोहित शर्माको अन्तिम बलमा लङअनमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे भने सञ्जु सामसनले १७औं ओभरमा शर्मा कै बलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरे ।अफ स्टम्पमा आएको मोहितको फुल टस बल सामसनले लङ अन तर्फ हिर्काए जुन तेवाटियाले क्याच गर्न खोज्दा बल बाउन्ड्री बाहिर गयो । र सामसनले अर्धशतक पूरा गरे।

३. विजय शंकरले बाउन्ड्रीमा परागको शानदार क्याच लिए

१९ औं ओभरको चौथो बलमा विजय शंकरले रियान परागको उत्कृष्ट क्याच लिए । परागले मोहितको स्लो बललाई लङ अफतर्फ खेले। बल बाउन्ड्रीमा उभिएका विजय शंकरको हातमा पुग्यो तर क्याच लिएपछि विजयले सन्तुलन गुमाउन थाले ।

बाउन्ड्री बाहिर निस्कनुअघि विजयले बल हावामा फाले र आफैं बाउन्ड्री भित्र आएर फेरि क्याच गरे । पराग ४८ बलमा ७६ रन बनाएर आउट भए ।

४. गिलको फिल्ड अम्पायरसँग बहस

१७ औं ओभरमा गुजरातका कप्तान शुभमन गिल फिल्ड अम्पायरसँग झगडा गरिरहेको देखियो । अम्पायरले मोहित शर्माको ओभरको अन्तिम बललाई वाइड घोषित गरेका थिए। गिलले यसलाई डीआरएस मार्फत चेक गर्न चुनौती दिए, तर तेस्रो अम्पायरले फिल्ड अम्पायरको निर्णय परिवर्तन गरेन र बललाई फेरि वाइड घोषित गरे।

५. चहलले साई सुदर्शनको फलो-थ्रुमा क्याच छुटाए

गुजरातको इनिङ्सको आठौं ओभरमा युजभेन्द्र चहलले साई सुदर्शनको क्याच मिस गरेका थिए । ओभरको चौथो बलमा साईले बलरको तर्फ नै बल हिर्काएका थिए । तर चहलले बल समात्न सकेनन् । त्यतिबेला सुदर्शन ३२ रन बनाएर खेलिरहेका थिए ।

६. चहलले गिललाई शानदान स्टम्पिङ​ गरे

गुजरातका कप्तान शुभमन गिलले ७२ रन बनाएर खेलिरहेका थिए । कप्तान सामसनले १६औँ ओभर चहललाई दिए । उक्त ओभरको पहिलो दुई बलमा गिलले लगातार दुई चौका प्रहार गरे । चहलले पहिलो बल फुल टस र दोस्रो अफ स्टम्पमा बलिङ गरेका थिए । लगातार दुई चौका प्रहार गरेपछि चहलले तेस्रो चौका अफ स्टम्पबाट निकाले । यसैमा गिल ठूलो शर्ट खेल्न अगाडि बढे र स्टम्पिङ भए ।