२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज: अपराजित राजस्थान र गुजरात भिड्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज राजस्थान रोयल्स (आरआर) र गुजरात टाइटन्स (जीटी) बीच खेल हुँदैछ । जयपुरको सवाई मानसिंह स्टेडियममा हुनलागेको सिजनको २४औँ खेल नेपाली समयअनुसार बेलुकाकाु ७:४५ बजेदेखि हुनेछ ।

२००८ को विजेता राजस्थानले १७ औं सिजनमा अहिलेसम्म ४ खेल खेलेको छ र सबै जितेको छ। टोली अंक तालिकाको शीर्ष स्थानमा छ । अर्कोतर्फ, २०२२को च्याम्पियन गुजरात ५ मध्ये २ जित र ३ हारका साथ सात नम्बरमा छ ।

हेड टु हेडमा गुजरात अगाडि

आईपीएलमा यी दुई टोलीबीच हालसम्म ५ खेल खेलिएका छन् । जसमध्ये गुजरातले ४ र राजस्थानले १ खेल जितेको छ ।

रियान पराग राजस्थानका सर्वाधिक रन स्कोरर

यस सिजनको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जाइन्ट्स, दोस्रो खेलमा दिल्ली क्यापिटल्स, तेस्रो खेलमा मुम्बई इन्डियन्स र चौथो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराएको थियो । टोलीका कप्तान सञ्जु सामसनले यो वर्ष पनि आफ्नो सुरुवाती फर्मलाई कायम राखेका छन् ।

राजस्थानका मिडल अर्डर ब्याट्सम्यान रियान पराग टोलीका सर्वाधिक रन स्कोरर हुन् । उनले ५ खेलमा १८५ रन बनाएका छन् । यो सिजनमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । बलिङमा युजभेन्द्र चहल ८ विकेट लिएका छन् ।

गुजरातका लागि साई सुदर्शनको सर्वाधिक रन

पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएर गुजरातले राम्रो सुरुवात गरेको थियो । दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो । तर, पछिल्ला दुई खेलमा गुजरातले पञ्जाब किंग्स र लखनउ सुपर जाइन्ट्ससँग हार बेहोरेको थियो ।

साई सुदर्शनले टिमको लागि सर्वाधिक १९१ रन बनाएका छन् । मोहित शर्मा ७ विकेट लिएका छन् ।

पिच रिपोर्ट

जयपुरको सवाई मानसिंह स्टेडियमको पिच ब्याट्सम्यान र बलर दुवैका लागि सहयोगी साबित हुन्छ। यस रंगशालामा हालसम्म ५५ आईपीएल खेल भइसकेका छन् । पहिले ब्याटिङ गर्ने टोलीले २० खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले ३५ खेल जितेको छ।

मौसम अवस्था

आज जयपुरमा मौसम सफा रहने बताईएको छ । बुधबार यहाँको तापक्रम २४ देखि ३६ डिग्री सेल्सियसको बीचमा रहनेछ। वर्षाको सम्भावना बिल्कुलै छैन। हावाको गति ११ किलोमिटर प्रतिघण्टा रहनेछ ।

राजस्थान रोयल्सको सम्भावित प्लेईङ​ ११:

सञ्जु सैमसन (विकेटकीपर र कप्तान), यशस्वी जैसवाल, जोस बटलर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, नान्द्रे बर्गर र आवेश खान।

ईम्प्याक्ट खेलाडी: शुभम दुबे, रोभमान पावेल।

गुजरात टाइटन्सको सम्भावित प्लेईङ​ ११:

शुभमन गिल (कप्तान), बीआर शरथ (विकेटकीपर), साई सुदर्शन, विजय शंकर, राहुल तेवाटिया, राशिद खान, नूर अहमद, स्पेन्सर जोन्सन, मोहित शर्मा, उमेश यादव र दर्शन नलकन्दे।

ईम्प्याक्ट खेलाडी: केन विलियमसन, म्याथ्यू वेड, शाहरुख खान।