९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आईपीएलमा आज हैदरावाद र पञ्जाब भिड्दै, दुबै टोली तेस्रो जितको खोजिमा

आईपीएलमा आज हैदरावाद र पञ्जाब भिड्दै, दुबै टोली तेस्रो जितको खोजिमा
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज पञ्जाब किंग्स (पीबीकेएस) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच खेल हुँदैछ । महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मोहालीमा हुनलागेको खेल नेपाली समय अनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ ।

पञ्जाबले आइपिएलमा हैदरावादविरुद्ध ६६ प्रतिशत खेल जितेको छ। १७ औं सिजनमा दुवै टोलीले अहिलेसम्म २–२ खेल जितेका छन् भने दुवैले २–२ खेलमा हार बेहोरेका छन् । दुबै टोलीको ४/४ अंक छ, हैदरावाद अंक तालिकामा पाँचौं र पञ्जाब छैटौं स्थानमा छ।

हेड टु हेड

आईपीएलमा यी दुई टोलीबीच हालसम्म २१ खेल खेलिएका छन् । जसमध्ये पञ्जाबले १४ खेल जितेको छ भने हैदरावादले ७ जितेको छ । यसको मतलब हैदरावादविरुद्धको ६६ प्रतिशत खेलमा पीबीकेएस विजयी भएको छ ।

क्लासेन एसआरएचका टप रन स्कोरर

एसआरएचका ब्याट्सम्यानले यो वर्ष राम्रो प्रदर्शन गर्दै आएका छन् । अभिषेक शर्मा, ट्राभिस हेड, हेनरिक क्लासेन र एडेन मार्कराम जस्ता खेलाडीले लगातार उत्कृष्ट प्रदर्शनी गर्दै आएका छन् ।

टोलीका लागि हेनरिक क्लासेनले सर्वाधिक रन बनाएका छन् । उनले ४ खेलमा २ अर्धशतक बनाएका छन् । बलिङमा टी नटराजनले सर्वाधिक ४ विकेट लिएका छन् ।

पञ्जाबमा धवनको सर्वाधिक रन

पञ्जाबसँग शिखर धवन, जोनी बेयरस्टो, लियाम लिभिङ्स्टन जस्ता आक्रामक ब्याट्सम्यान छन् । तर कप्तान धवन बाहेक अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले लगातार राम्रो प्रदर्शन गर्न सकेका छैनन् । बलिङ पञ्जाबका लागि कागिसो रबाडाले सर्वाधिक ६ विकेट लिएका छन् ।

पिच रिपोर्ट

आज आईपीएलको दोस्रो खेल मोहालीको नयाँ मैदानमा हुँदैछ । यसअघि यहाँ पीबीकेएसले दिल्ली क्यापिटल्सको सामना गरेको थियो । । यहाँको पिच स्लो हुने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा टस जित्ने टोलीले पहिले ब्याटिङ रोज्न पनि सक्छ ।

मौसम रिपोर्ट

आज यहाँको मौसम सफा रहनेछ । तापक्रम ३२ देखि ३३ डिग्रीको बीचमा रहनेछ। पानी पर्ने सम्भावना छैन ।

पञ्जाब किंग्सको सम्भावित प्लेईङ​ ११:

शिखर धवन (कप्तान), जोनी बेयरस्टो, प्रभसिमरन सिंह, साम कुरान, जितेश शर्मा (विकेटकिपर), शशांक सिंह, आशुतोष शर्मा, हरप्रीत ब्रार, कागिसो रबाडा, हर्षल पटेल र अर्शदीप सिंह।

ईम्प्याक्ट खेलाडी: राहुल चाहर, लियाम लिभिङ्स्टन र सिकन्दर रजा।

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ​ ११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, एडेन मार्कराम, शाहबाज अहमद, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, नितिश कुमार रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।

ईम्प्याक्ट खेलाडी: जयदेव उनाडकट, मयंक अग्रवाल।