९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कोलकातामाथि चेन्नईको सहज जित

कोलकातामाथि चेन्नईको सहज जित
अ अ+ अ-

काठमाडौँ । आईपीएलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ७ विकेटले पराजित गरेको छ ।

रविन्द्र जडेजा र तुषार देशपाण्डेको उत्कृष्ट बलिङ तथा कप्तान रुतुराज गायकवाडको ५८ बलमा ९ चौकाको मद्दतले खेलेको अविजित ६७ रनको इनिङ्सको आधारमा सोमबार केकेआरलाई हराएको हो ।

लगातार दुई खेल हारेपछि चेन्नई आफ्नो घरेलु मैदानमा जितको ट्र्याकमा फर्कियो, जबकि केकेआरले यो सिजनको पहिलो हार बेहोर्यो । पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जवाफमा चेन्नईले १७.४ ओभरमा तीन विकेट गुमाएर १४१ रन बनाएर खेल जित्यो ।

पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई उसको घरेलु मैदान चेपौक स्टेडियममा हराउन कुनै पनि टोलीका लागि सजिलो छैन । केकेआरको कुरा आउँदा दुई पटकको विजेता केकेआरले चेन्नईलाई उसको घरेलु मैदानमा हराउन निकै गाह्रो छ ।

तथ्यांक हेर्दा केकेआरले आईपीएलमा चेपौक रंगशालामा जम्मा १४ खेल खेलेको छ भने १० खेलमा हार बेहोरेको छ भने चार खेलमा मात्रै सफलता हात पारेको छ । जबकि चेन्नईले यस स्टेडियममा केकेआरविरुद्ध कुल ११ आईपीएल खेल खेलेको छ र नौ खेल जितेको छ । यो खेलमा पनि एकतर्फी रुपमा जित्दै चेन्नईले आफ्नो घरेलु मैदानमा केकेआर विरुद्धको दबदबा कायम राखेको छ ।

यो जितपछि चेन्नईको टोली पाँच खेलबाट तीन जित र दुई हारसहित ६ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । तर, यो पराजयका बाबजुद कोलकाताको टोली ६ अंकसहित दोस्रो स्थानमा छ । पहिलो नम्बरमा राजस्थान रोयल्स रहेको छ, जसले चार खेलमा सबै चार खेल जितेको छ र आठ अंकसहित शीर्ष स्थानमा छ । अहिले राजस्थान प्रतियोगिताको एक मात्र टोली हो जसले अहिलेसम्म एक खेल पनि हारेको छैन ।

यस खेलमा केकेआरका ब्याट्सम्यान रन बनाउन संघर्ष गरिरहेका देखिए पनि रुतुराजले कप्तानी पारी खेल्दै चेन्नईलाई जित दिलाए । चेन्नईले पहिलो दुई खेल जितेको थियो भने पछिल्ला दुई खेलमा हार बेहोरेको थियो । जसका कारण रुतुराजको कप्तानीमा प्रश्न उठ्न थाले पनि उनले यो खेलमा राम्रो प्रदर्शन गर्दै आलोचकहरुलाई जवाफ दिए ।

लक्ष्य पछ्याउने क्रममा सीएसकेले रचिन रविन्द्रको रूपमा पहिलो विकेट गुमायो । रचिन १५ रन बनाएर वैभव अरोराको शिकार बने । त्यसपछि रुतुराजले डेरिल मिचेलसँग मिलेर इनिङ्सलाई अगाडि बढाए र दुवै ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे । रुतुराज र डेरिलले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गर्दै जितको जग बसाएका थिए । तर, डेरिल २५ रन बनाएर आउट भए । उनलाई सुनिल नारायणले बोल्ड गरेका थिए ।

त्यसपछि शिवम दुबेले छिटो स्कोर बनाए तर वैभवले उनलाई आउट गर्दै खेलको दोस्रो विकेट लिए । शिवमले १८ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै २८ रनको इनिङ खेले । यसपछि पूर्व कप्तान महेन्द्र सिंह धोनी मैदानमा आए र चेपौक रंगशालामा दर्शकले न्यानो स्वागत गरे । धोनी एक रन बनाएर अविजित फर्किए र सीएसकेका लागि गायकवाडले विजयी चौका प्रहार गरे ।

यसअघि चेन्नईले टस जितेर केकेआरलाई पहिले ब्याटिङको निम्तो दियो । फास्ट बलर तुषार देशपाण्डेले कप्तान रुतुराज गायकवाडको निर्णय सही साबित गरे । उनले केकेआरका ओपनर फिल साल्टलाई पहिलो बलमै आउट गर्दै टोलीलाई प्रारम्भिक सफलता दिलाएका थिए । साल्ट खेलको पहिलो बलमा आउट हुने केकेआरका पाँचौं ब्याट्सम्यान बने ।

उनीभन्दा अगाडि केकेआरका लागि ब्रेन्डन म्याकुलम, मनोज तिवारी, ज्याक कालिस र जो डेन्ली पहिलो बलमै आउट भएका ब्याट्सम्यान थिए । यससँगै तुषार चेन्नईका लागि पहिलो बलमा सफलता हासिल गर्ने तेस्रो बलर बने । यसअघि लक्ष्मीपति बालाजी र दिपक चाहरले यो उपलब्धि हासिल गरिसकेका छन् ।

पहिलो झट्कापछि केकेआरको इनिङ्सलाई सुनिल नारायण र अङ्क्रिश रघुवंशीले सम्हालेका थिए । तेस्रो ओभर बलिङ गर्न आएका तुषार देशपाण्डेलाई नारायणले सजिलो रुपमा लिँदै उनको ओभरबाट १९ रन लिए । नारायणले लगातार दुई बलमा दुई चौका प्रहार गर्दै तुषारलाई स्वागत गरे । यसपछि उनले चौथो बलमा चौका र पाँचौं बलमा छक्का प्रहार गरे । त्यस्तै अर्को ओभर बलिङ गर्न आएका शार्दुल ठाकुरलाई रघुवंशीले चौका हानेर स्वागत गरे ।

त्यसपछि सुनीलले शार्दुललाई पनि बलियो चौका प्रहार गरे । दुवै ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै पाँच ओभरको अन्त्यसम्ममा ५० रन जोडे । पावरप्लेको अन्त्यमा, केकेआरले एक विकेटमा ५६ रन बनाएको थियो, जुन यस सिजन चेपौक स्टेडियममा चेन्नईको लागि सबैभन्दा महँगो पावरप्ले थियो ।

त्यतिबेला नारायण र रघुवंशीले केकेआरलाई फेरि ठूलो स्कोरतर्फ लैजाने देखिन्थ्यो, तर ऋतुराजले बल जडेजालाई दिए र पहिलो बलमा रघुवंशीलाई आउट गरेर केकेआरलाई दोस्रो झट्का दिए। रघुवंशी १८ बलमा २४ रन बनाएर प्याभिलियन फर्किए ।

यो खेलमा जडेजा र तुषारले उत्कृष्ट बलिङ गरेका थिए । एकातिर तुषारले पहिलो ओभरमा नै टोलीलाई सफलता दिलाए भने जडेजाले नारायण र रघुवंशीको जोडी तोडेका थिए । त्यसपछि सोही ओभरमा जडेजाले टोलीका लागि खतरनाक साबित भएका सुनिल नारायणलाई पनि प्याभिलियनको बाटो देखाएका थिए ।

नारायण २० बलमा तीन चौका र दुई छक्काको मद्दतले २७ रन बनाएर आउट भए । त्यसपछि अर्को ओभरमा भेंकटेश अय्यरलाई आउट गर्दै जडेजाले खेलको तेस्रो विकेट लिए । वेंकटेश फेरि एकपटक फ्लप साबित भए र उनले आठ बलमा तीन रन बनाए ।

जडेजा जस्तै तुषारले पनि उत्कृष्ट बलिङ गर्दै रिंकु सिंह र आन्द्रे रसेललाई प्याभिलियन पठाए । रिंकु १४ बलमा ९ रन बनाएर प्याभिलियन फर्किए भने रसेल १० बलमा १० रन बनाएर प्याभिलियन फर्किए । तुषार देशपाण्डे र रविन्द्र जडेजाले तीन–तीन विकेट लिए ।

केकेआरका कप्तान श्रेयस अय्यरले यो खेलमा निकै सुस्त ब्याटिङ गरे र रन बनाउन संघर्ष गरिरहेको देखियो । श्रेयसले ३२ बलमा तीन चौकाको मद्दतले ३४ रनको इनिङ खेले । केकेआरको इनिङ्समा श्रेयस सर्वाधिक रन बनाउने खेलाडी थिए तर यस अवधिमा उनको स्ट्राइक रेट १०६.२५ थियो जुन टी–२० मा राम्रो मानिएको छैन ।

आईपीएलपछि तुरुन्तै टी–२० विश्वकप आयोजना हुँदै गरेको अवस्थामा श्रेयसले अहिलेसम्म आफ्नो ब्याटिङबाट खासै प्रभाव पार्न सकेका छैनन् । यो खेलमा श्रेयसले चम्कने मौका पाए पनि उनले यहाँ पनि मौकाको सदुपयोग गर्न सकेनन् ।

खेलमा जडेजाले बलिङका साथै फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । योसँगै उनले आईपीएलमा १०० क्याच पूरा गर्ने कीर्तिमान हासिल गरेका छन् । जडेजा आइपिएलमा १०० क्याच पूरा गर्ने पाँचौं खेलाडी हुन् । उनीभन्दा अगाडि विराट कोहली, सुरेश रैना, किरोन पोलार्ड र रोहित शर्माले यस्तो गरेका छन् । आईपीएलमा सबैभन्दा धेरै क्याच लिने कीर्तिमान कोहलीको नाममा छ जसले अहिलेसम्म ११० क्याच लिएका छन् ।

आजको खेलः पञ्जाव किंग्स भर्सेस सनराइजर्स हैदराबार – साँझ ७ः४५ बजे