२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई इन्डियन्सले टी–२० क्रिकेटमा सबैभन्दा बढी खेल जित्ने कीर्तिमान राख्यो



अ+ अ-

एजेन्सी । दिल्ली क्यापिटल्सविरुद्धको जितसँगै मुम्बई इन्डियन्सले आईपीएलको १७ औं सिजनमा आफ्नो जितको खाता खोलेको छ ।

आइतबार वानखेडे रंगशालामा भएको खेलमा मुम्बई इन्डियन्सले बलियो प्रदर्शन गरेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर २३४ रन बनाएको थियो ।

जवाफमा दिल्ली क्यापिटल्सले आठ विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्यो । मुम्बईले २९ रनले जित्दै इतिहास रच्यो ।

योसँगै मुम्बई इन्डियन्सले टी–२० क्रिकेटमा आफ्नो १५० औं जित दर्ता गरेको छ । अहिलेसम्म विश्वको कुनै पनि टोलीले यो गर्न सकेको छैन । यो सूचीमा चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ जसले टी–२० क्रिकेटमा १४८ खेल जितेको छ । यस्तै भारतीय क्रिकेट टोली १४४ खेल जितेर तेस्रो स्थानमा छ ।

टी–२० क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीहरू:
मुम्बई इन्डियन्स – १५०
चेन्नई सुपर किंग्स –१४८
भारतीय टोली – १४४
ल्याङ्कशायर – १४३
नटिङहमशायर – १४३