६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई इन्डियन्सले टी–२० क्रिकेटमा सबैभन्दा बढी खेल जित्ने कीर्तिमान राख्यो



अ+ अ-

एजेन्सी । दिल्ली क्यापिटल्सविरुद्धको जितसँगै मुम्बई इन्डियन्सले आईपीएलको १७ औं सिजनमा आफ्नो जितको खाता खोलेको छ ।

आइतबार वानखेडे रंगशालामा भएको खेलमा मुम्बई इन्डियन्सले बलियो प्रदर्शन गरेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर २३४ रन बनाएको थियो ।

जवाफमा दिल्ली क्यापिटल्सले आठ विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्यो । मुम्बईले २९ रनले जित्दै इतिहास रच्यो ।

योसँगै मुम्बई इन्डियन्सले टी–२० क्रिकेटमा आफ्नो १५० औं जित दर्ता गरेको छ । अहिलेसम्म विश्वको कुनै पनि टोलीले यो गर्न सकेको छैन । यो सूचीमा चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ जसले टी–२० क्रिकेटमा १४८ खेल जितेको छ । यस्तै भारतीय क्रिकेट टोली १४४ खेल जितेर तेस्रो स्थानमा छ ।

टी–२० क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीहरू:
मुम्बई इन्डियन्स – १५०
चेन्नई सुपर किंग्स –१४८
भारतीय टोली – १४४
ल्याङ्कशायर – १४३
नटिङहमशायर – १४३