१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहम विजयी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले नटिङहम फरेस्टलाई ३–१ गोलले पराजित गरेको हो ।

टोटेनहमको जितमा मिकी भान डी भेनले र पेड्रो पोरोले एक–एक गोल गरे । एक गोल भने टोटेनहमले उपहारस्वरुप पायो ।

नटिङहमका मुर्नीलोले आत्मघाती गोल गरेका थिए । क्रिस वुडले गरेको गोल नटिङहमका लागि सान्त्वना गोल भयो ।

जितसँगै टोटेनहम ३१ खेलबाट ६० अंकका साथ चौंथो स्थानमा छ । नटिङहम ३२ खेलबाट २५ अंकका साथ १७ औं स्थानमा छ ।