१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जुनको शतकका बाबजुद आयरल्यान्ड ‘ए’ सँग ६९ रनले हार्यो नेपाल



अ+ अ-

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ पराजित भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल ‘ए’ ६९ रनले पराजित भएको हो । यो जितसँगै आयरल्यान्ड ‘ए’ ले शृङ्खला ‘क्लिन स्विप’ गरेको छ ।

आयरल्यान्डले दिएको दुई सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अलआउट भयो । नेपालका लागि अर्जुन कुमालले शतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । उनले ११८ बलमा १०२ रन जोडे । यस्तै, अर्जुन साउदले ३६, देव खनालले ११, नरेन भट्ट र रुपेश सिंहले १५–१५ रन जोडे ।

बलिङतर्फ आयरल्यान्डका बेन ह्वाइटले ५ तथा गाभिन होइले ४ विकेट लिँदा म्याथ्यु फोस्टरले १ सफलता हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनायो ।

आयरल्यान्ड ‘ए’का स्टीफन डोहनीले शतकीय पारी खेले । उनले एक सय २९ बलमा आठ छौका र दुई छक्काको सहयोगमा १०७ रनको योगदान दिए । त्यस्तै पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए भने म्याथ्यु हम्फ्रेजले २३, मोर्गन टोप्पिङले २१ र फिन ह्यान्डले २० रन जोडे ।

बलिङतर्फ नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन/तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक/एक विकेट लिए । यसअघि पनि भएको दुवै खेलमा नेपाल ‘ए’ पराजित भएको थियो । नेपाल ‘ए’ आयररल्यान्ड ‘ए’सँग पहिलो खेलमा २१ र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो ।