५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः फेरि शीर्षस्थानमा फर्कियो लिभरपुल



अ+ अ-

काठमाडौँ । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ ।

गएराति भएको खेलमा शेफिल्ड युनाइटेडमाथि ३–१ गोलको जित निकाल्दै लिभरपुल शीर्षस्थानमा उक्लिएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डार्विन नुनेज, एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे । लिभरपुलकै कोनोर बार्डलीले आत्मघाती गोल गरेका थिए ।

जितसँगै लिभरपुलको ३० खेलबाट ७० अंक भएको छ । आर्सनल ६८ र म्यान्चेस्टर सिटी ६७ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । शेफिल्ड १५ अंकसहित तालिकाको पुछारमा छ ।