२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्मेरको ह्याट्रिकमा म्यान्चेस्टर युनाइटेडमाथि चेल्सीको चमत्कारी जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडमाथि ४–३ गोलको जित निकालेको हो ।

घरेलु मैलान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा अन्तिम समयमा दुई गोल गर्दै चेल्सीले रोमाञ्चक जित दर्ता गर्यो । चेल्सीका कोल पाल्मेरले ह्याट्रिक समेत गरे ।

खेलको चौंथो मिनेटमा नै कोनोर गालाघेरको गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो । १९ औं मिनेटमा पाल्मेरले पेनाल्टीमा गोल थप्दै चेल्सीको अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा अलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई १–२ को स्थितीमा ल्याए ।

३९ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोेल गर्दै युनाइटेडलाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि गर्नाचोले ६७ औं मिनेटमा टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–२ गोलले अघि बढाए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा कोल पाल्मेरले २ गोल गर्दै चेल्सीलाई रोमाञ्चक जित दिलाए । युनाइटेडका डिओगो डालोटले चेल्सीका नोनी माडुकेलाई डि–बक्सभित्र लडाएपछि चेल्सीले पेनाल्टी पायो ।

पाल्मेरले त्यसलाई खेर जान दिएनन् र चेलसी ३–३ गोलको बराबरीमा आयो । यस्तै, अन्तिममा कर्नरबाट आएको पासलाई पाल्मेरले गोलमा परिणत गर्दै ह्याट्रिकसहित चेल्सीलाई जित दिलाए ।

यो नतिजापछि युनाइटेड ३० खेलबाट ४८ अंकका साथ छैटौं स्थानमा छ भने चेल्सी २९ खेलबाट ४३ अंकका साथ १० औं स्थानमा छ ।