२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा



अ+ अ-

काठमाडौँ । त्रिकोणत्मक मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता (एसएमएस फ्रेन्डसिप कप)अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । गुजरातको भापीमा भर्खरै सम्पन्न खेलमा गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । योसँगै नेपालले लगातार तीन खेलमा जित निकालेको छ ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७३ रनमात्रै बनायो । गुजरातका लागि उमंग पटेलले २४ बलमा ४७, हर्ष देशाईले १६ बलमा २९, अभिषेक देशाईले १७ बलमा २० तथा स्मित पटेलले १४ बलमा १९ रन जोडे ।

बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले २–२ तथा विवेक यादवले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ४४ बलमा ६७ रन जोड्दा शेखले ५१ बलमा ८५ रनको योगदान दिए ।

यी दुई बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । रोहित पौडेलले ३, सन्दीप जोराले २, कुशल मल्लले १, गुलशन झाले ४, अनिल शाह शून्य रनमा आउट हुँदा विवेक यादव ७ र प्रतिश जिसि ४ रनमा नटआउट रहे ।

बलिङतर्फ गुजरातका जयमित पटेलले ३ तथा आर्या देशाई र ध्रुशान्त सोनीले २–२ विकेट लिए । गुजरातमा जारी प्रतियोगितामा नेपाल, गुजरात र बरोडाले भाग लिएका छन् । नेपालले टी–२० विश्वकपको तयारीस्वरुप प्रतियोगिता खेल्न भारत गएको हो ।