१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार

बागलुङमा तीन वर्षमा ५५ दुर्घटना : ४० जनाको मृत्यु

बागलुङमा तीन वर्षमा ५५ दुर्घटना : ४० जनाको मृत्यु
अ अ+ अ-

ढोरपाटन । बागलुङमा हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा सबैभन्दा बढी मृत्यु हुने सङ्ख्या यस वर्षको छ । यस वर्ष १६ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म १२ दुर्घटना भएका छन् । त्यसमा ४८ जना घाइते भएका छन् । आव २०७८/७९ मा २३ सवारी साधन दुर्घटना भएका थिए । उक्त दुर्घटनामा ११ जनाको ज्यान गएको थियो भने २९ जना घाइते भएका थिए । गत आव २०७९/८० मा २० दुर्घटना भएका थिए । दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष दुर्घटना झिनो सङ्ख्यामा घटे पनि मृत्यु र घाइते हुनेको सङ्ख्या भने बढिरहेको छ । पछिल्लो तीन वर्षमा बागलुङमा दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन्भने एक सय १० जना घाइते बनेका छन् ।

यस अवधिमा ५५ दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ४९ सवारी साधनमा क्षति पुगेको छ । ट्राफिकले अटेरी गर्ने तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने ३८ हजार छ सय १६ सवारी साधनलाई कारबाही गरी रु दुई करोड ६९ लाख तीन हजार राजस्व सङ्कलन गरेको छ ।

बर्सेनि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको ट्राफिक प्रमुख निउरेको भनाइ छ । उहाँले चालकको लापरबाही र अप्ठ्यारा सडकका कारण दुर्घटना हुने गरेको बताउनुभयो । दैनिक ग्रामीण सडकमा सयौँ सवारी साधन गुड्ने तर ती सडक व्यवस्थित नहुँदा बढी दुर्घटना हुने गरेको उहाँ बताउनुहुन्छ । तीन वर्षको तुलनामा यस वर्ष थोरै दुर्घटना भए पनि मृत्यु र घाइते हुनेको सङ्ख्या बढी रहेको निउरेको भनाइ छ ।

उहाँले भन्नुभयो, “दुर्घटना न्यूनीकरणका लागि हरेक नागरिक सजक हुनुपर्छ, चालक जिम्मेवार, यात्रु अनुशासित भयो भने दुर्घटना निकै कम हुने थियो, हामीहरु दुर्घटनालाई न्यूनीकरण गर्न बिहान उठेदेखि रातिसम्म सडकमै हुन्छौँ, कहिलेकाहीँ चालकले लापरबाही गर्दा गम्भीर दुर्घटना हुने गरेका छन्, सबैभन्दा बढी त गाउँका सडकमा दुर्घटना हुने गरेका छन्, सडक साँघुरा छन्, त्यसमाथि सवारी चालकले क्षमताभन्दा बढी यात्रु बोकेर हिँड्छन्, यसमा अन्य सरोकारवाला पनि गम्भीर हुन जरुरी छ ।”

ग्रामीणसँगै राष्ट्रिय राजमार्गमा पनि ठूला–ठूला दुर्घटना हुने गरेका छन् । यही चैत ६ गते पश्मिच रुकुमबाट काठमाडौँका लागि छुटेको बस बागलुङको निसीखोलामा दुर्घटना भयो । दुर्घटनामा सातजनाले घटनास्थलमै र दुईजनाले अस्पतालमा ज्यान गुमाए । दुर्घटनामा परी २६ जना घाइते भए । घाइतेमध्ये अधिकांश अहिलेसम्म निको भएका छैनन् । दुर्घटनाका कारण भने चालकको लापरबाही रहेको निष्कर्ष छ । दुर्घटना रोक्नका लागि ग्रामीण सडकलाई व्यवस्थित बनाउन जरुरी रहेको यातायात व्यवसायी शेरबहादुर विक बताउनुहुन्छ ।

उहाँले साँघुरा र अप्ठ्यारा सडकमा दैनिक सयौँ सवारी तथा मालवाहक गाडी गुड्ने गरे पनि वर्षौंअगाडि ‘ट्र्याक’ खुलेका सडकको अहिलेसम्म पनि स्तरोन्नति हुन नसकेको बताउनुभयो । बर्सेनि दर्जन नागरिकले दुर्घटनामा ज्यान गुमाउँदा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको उहाँको भनाइ छ । ग्रामीण सडकमा ट्राफिक नपुग्दा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले गाडी चलाउँदा पनि दुर्घटना हुने गरेको विक बताउनुहुन्छ । रासस