५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

किच्चकबधमा भेटियो दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष



अ+ अ-

बनियानी । झापाको भद्रपुर नगरपालिका–३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकबधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ ।

पुरातत्व विभागको टोलीले सातौँ पटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । भद्रपुर–३ पृथ्वीनगरस्थित देउनिया नदी र मेची नदीको किनारमा रहेको किच्चकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको यही चैत २ गतेदेखि १८ गतेसम्म सातौँ पटक उत्खनन गरेको थियो ।

पुरातत्वविद् आचार्यको नेतृत्वमा पुरातत्व विभागका अधिकृत नवराज अधिकारी, इञ्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशबाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेलले उत्खनन गर्नुभएको थियो । पहिलो पटक पुरातत्वविद् आचार्यको नेतृत्वको टोलीले विसं २०५८ मा किच्चकबधमा उत्खनन सुरु गरेको थियो ।

हालसम्म गरिएको उत्खननका क्रममा किच्कबधको उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तर–पश्चिम छेउमा सेन्ट्री बस्नेसहितको भवन, सोही भवनको केही पश्चिम–दक्षिणमा अर्को बहुतले भवनको भग्नावशेष फेला परेको छ । यी चार वटा भवनको दक्षिणतिर दुई सय फुटको दूरीमा सुरक्षा प्रमुखसहित अरू सुरक्षाकर्मी बस्ने शैलीको दुईतले भवन गरी पाँच वटा भवनका संरचना फेला परेका पुरातत्वविद् आचार्यले जानकारी दिनुभयो ।

यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्रीको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताब्दीतिरको मानव सभ्यतासँग गाँसिएका प्रमाणित भएको आचार्यले बताउनुभयो । “यो आधारमा किच्चकबधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको छ”, उहाँले भन्नुभयो, “भारतमासँग कुषाणकाल चलेको समयमा यसस्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको हुनसक्छ । पाँचौँ शताब्दीसम्म कायम रहेको (भारतको गुप्तकालसम्म) अनुमान छ ।”

उत्खनन गरिएका संरक्षितस्थलमा मानिसले टेकेर हिँड्न नहुने आचार्यले बताउनुभयो । “यो ठाउँमा मानिसको आवतजावतले संरक्षित अवशेष भत्किने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “संरक्षण समितिले सुरक्षित राख्नसक्ने हो भने मात्र यसको ऐतिहासिकता सुरक्षित रहन सक्छ ।” रासस