काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) छापावाला सुन प्रति तोला रु ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज (बुधबार) पनि स्थिर रहेर सोही मुल्यमा तथा तेजावी सुन पनि प्रति तोला रु ९१ हजार ४ सयमै कोरोबार भईरहेको महासंघले जनाएको छ ।
यता चाँदी पनि प्रति तोलामा रु १३ सय ४० मै कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ ।








