२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज फागुन २ गते आईतबार, कस्तो बित्नेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): मेष राशिको लागि यसपालिको प्रेम दिवस खुसिले परिपूर्ण रहनेछ । प्रेमको समस्या हटेर जानेछ । आजको दिन उत्साहपूर्ण रहनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): मिथुन राशिको लागि यसपालिको प्रेम दिवसमा वाणीमा सम्यमता नअपनाए प्रेम र मनोरञ्जनमा उलझनको सामना गर्नु पर्ला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): सिंह राशिको लागि यसपालिको प्रेम दिवस सामान्य रहनेछ । यति धेरै मायाँ गर्ने साथी पाउनु भएकोमा तपाईं खुसी हुनु होस् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): तुला राशिको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराऊन सक्छन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): धनु राशिको लागि यसपालिको प्रेम दिवसले भावनात्मक कमजोरी बनाउन सक्छ, तर साँझमा साथीले सरप्राइज दिन सक्छन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): यसपालिको प्रेम दिवसमा अकस्मात कसैले प्रेम प्रास्ताव राख्न सक्छन् या यदि कसैलाई मन पराउनु हुन्छ भने प्रेम प्रास्ताव राख्नु उपयुक्त हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): वृष राशिको लागि यसपालिको प्रेम दिवसमा प्रेमीले मनको कुरा भन्न पाउनेछन् । आजको दिन उत्साहित र रोमान्टिकपूर्ण रहनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): कर्कट राशिको लागि यसपालिको प्रेम दिवसमा टाढिएका साथी नजिकिनेछन् । नयाँ व्यक्तिको पहिचान पनि हुनसक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): कन्या राशिको लागि यसपालिको प्रेम दिवसमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिने र अरूलाई प्रभावित बनाउन सक्नुहुन्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): वृश्चिक राशिको लागि यसपालिको प्रेम दिवसले आउने प्रेमका बाधा हटेर जानेछ । तपाईंलाई कसै कसैले उपहार दिन सक्छन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): मकर राशिको लागि यसपालिको प्रेम दिवसमा नयाँ ठाउँको रमाईलो यात्रा हुनेछ । पूरै दिन रोमांटिकमय हुने र खर्च पनि बढ्ने हुन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): यसपालिको प्रेम दिवसमा साथीले सरप्राइज दिन सक्छन् । तपाईंको साथी दिनभरी तपाईंसँगै दिन बिताउनु हुनेछ र महत्त्वपूर्ण निर्णय लिन सक्छन् । हाम्रो पात्रो