२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु

सेयर बजार भनेको के हो ? के सेयर बजार जुवा घर हो ? अब प्रष्ट हुनुहोस्

सेयर बजार भनेको के हो ? के सेयर बजार जुवा घर हो ? अब प्रष्ट हुनुहोस्
अ अ+ अ-

काठमाडौं । केही व्यक्तिले सेयर बजारलाई जुवा घर ठान्छन् र केही व्यक्तिहरूले यसलाई खतरनाक खेलको शीर्षक पनि दिन्छन्। मेरो विचारमा तेस्तो हैन र म सेयर खरीद गर्दा कुनै खतरा पनि देख्दिन यदी राम्रोसँग बुझेर गरेको खण्डमा। यदि तपाई सेयर बजारमा राम्रो अध्ययन बिना हचुवा वा हल्लाको भरमा सेयर किन्नु हुन्छ भने पक्कै पनि यो तपाईंको लागि जुवा र खतरनाक खेल हुन सक्छ। यो बजारमा लगानी गर्दा सधै एउटा कुरा याद राख्नु पर्छ “लोभले लाभ लाभले बिलाप”, भन्नुको अर्थ नाफाको लोभले आफुले थेग्न सक्ने भन्दा धेरै जोखिम मोल्नु हुँदैन नत्र अफुसँग भएको पनि गुम्न सक्छ।

कम्पनीहरुले आफुलाई आवश्यक पुँजी संकलनका लागि सेयर जारी गर्ने गर्छन्। त्यही सेयर खरिद बिक्री गर्ने बाजार नै सेयर बजार हो। सेयर बाजारलाई दुई भागमा विभाजन गर्न सकिन्छ प्राथमिक बजार र दोस्रो बजार। धितोपत्र सम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) मा खरिद बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो पत्र धितो खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रका साथै नेपाल सरकारद्वारा वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गर्ने बचतपत्र तथा ऋणपत्रलाई समेत धितोपत्र (सेक्युरिटिज) हुन भनी परिभाषित गरेको छ ।

तपाईंले आफुसँग भएको अतिरिक्त पूंजी बजारमा लगानी गर्न सक्नु हुन्छ र आफुलाई पूंजी आवश्यक परेको बेलामा बिक्री पनि गर्न सक्नु हुन्छ । यहाँ लगानी गर्न धेरै ठुलो लगानी चाहिदैन, तपाईंसँग भएको थोरै थोरै रकमले पनि सुरु गर्न सक्नुहुन्छ । नेपालमा धितोपत्र करोबारको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) छ। सेयर बजारमा स्टक एक्सचेन्ज, ब्रोकर र लगानीकर्ता हुन्। नेप्सेमा सूचीबद्ध कम्पनीको सेयरहरू ब्रोकर मार्फत खरिद बिक्री गरिन्छ। ग्राहकहरू सेयर किन्न वा बेच्न सीधा गर्न सक्दैनन्, उनिहरु ब्रोकर मार्फत मात्र कारोबार गर्न सक्छन्। सेयर बजारमा म्युचुअल फन्ड, बन्डहरू पनि ट्रेड कारोबार हुन्छन्।

नेपालमा पहिलो पटक वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले सेयर जारी गरेका थिए । सरकारले २०१८ सालमा पहिलो पटक ऋणपत्र निस्कासन गरेको थियो र निजी क्षेत्रबाट वि.सं.२०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो । बैंकहरुमध्ये हिमालयन बैंकले वि.सं. २०५९ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो ।