२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

चार पूर्व प्रधानन्यायाधीशलाई चार प्रश्न

चार पूर्व प्रधानन्यायाधीशलाई चार प्रश्न
अ अ+ अ-

सर्वोच्च अदालतका पूर्व चार प्रधानन्यायाधीशमाथि अदालतको अवहेलना सम्बन्धी मुद्दा परेपछि त्यसको जवाफ लिएर चारै जना पूर्व प्रधानन्यायाधीश सोमबार सर्वोच्च अदालत पुग्नुभयो । अदालतको मानहानिको विषयलाई लिएर यसरी चार पूर्व प्रन्याहरु सर्वोच्च पुगेको नेपालको इतिहासमै सम्भवतः यो पहिलो पटक हो । न्याय निरुपणका कार्यमा जिन्दगी बिताएका पूर्व प्रन्याहरु यसरी सर्वोच्च अदालतमा अभियुक्तका रुपमा जाँदा स्वभावत नयाँ, नौलो अनुभूति हुने नै भयो । यसै सन्दर्भमा न्यूजपोलार डटकमका प्रधान सम्पादक शुसील  अर्यालले चारै जना पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायमाझीलाई एकै किसिमका चार–चार प्रश्न गर्नु भएको थियो । सुनौं उहाँहरुका जवाफः

प्रश्न १ः सर्वोच्च अदालतमा आउनुपर्ने कारण के थियो ?

कल्याण श्रेष्ठः हामीलाई अदालतको अवहेलनामा कारबाही गरिपाउँ भनी निवेदन दिएको भन्ने सार्वजनिक भयो, र त्यसको सूचना पनि हामीले पायौं । अदालती प्रक्रियालाई किन सहयोग नगर्ने भनेर हामीहरु आफैं अदालतमा उपस्थित भयौं, म्याद माग्यौं, म्याद बुझ्यौं, र हाम्रो जवाफ पनि त्यहाँ सामेल गरेर फर्केर आयौं ।

मीनबहादुर रायमाझीः सम्मानित सर्वोच्च अदालतको अवहेलना गर्ने हाम्रो कुनै मनशाय नै छैन, त्यो सोच्न सकिने विषय पनि होइन, त्यस्तो सोचाई हामीसँग छँदा पनि छैन ।

सुशीला कार्कीः हामीले संविधानमा जे छ त्यही कुरालाई उल्लेख गरेको हो । हामीले संविधानमा यो छ है भनेर भनेका हौं । हाम्रो सोचाई के थियो भने मुलुक विकासतिर गएन, मुलुक जहिले पनि ओरालो लाग्यो, र आइन्दादेखि यस्तोचाहिँ संविधानको उल्लंघन हुने काम नहोस् भन्न चाहेका थियौं । यति त भन्न पाइन्छ, सबै भनिरहेका पनि छन् ।  
अनुपराज शर्माः धेरैपछि म अदालतको आदेशमा अदालतमा उपस्थित भएको हुँ । सामान्य मान्छेका रुपमा अदालतमा गएको भए अर्कै अनुभूति हुँदो हो ।

प्रश्न २ः जवाफको सारंश के छ ?

कल्याण श्रेष्ठः हामीले लामै जवाफ फर्काएका छौं । कुरा के हो भने हामी कानुनको सर्वोच्चताको सम्मान गर्नुपर्छ, न्यायिक प्रक्रियाको पनि सम्मान गर्नुपर्छ । कानुनको पालना गर्ने हिसाबले हामी गयौं, र अवहेलनाजन्य कुरा संविधान पढ्ने हो, पढेको कुरा भन्या हो । अदालतलाई लक्षित, मुद्दालाई लक्षित, मुद्दा परेकोसम्म कुरालाई हामीले नोटिसमा लिएका छैनौं । त्यस्तो कुरा भएकाले यो धेरै प्रतिवाद गरिरहनु पर्दैन । संविधान पढ्न हामी कोही पनि नडराउँ, संविधान पढ्नै हिच्किचाउनु पर्ने अवस्था नआओस् भन्ने हाम्रो कुरा हो ।

सुशीला कार्कीः हामीले जवाफ दिँदा हामीले कुनै उल्लंघन गरेका छैनौं, अवहेलना गरेका छैनौं । एउटा, दुईवटा दृष्टान्त पनि दिएका छौं, यस्ता केसहरुमा अवहेलना हुँदैन भनेर हामीले भनेका छौं ।

प्रश्न ३ः विज्ञप्तिप्रति यहाँहरुको धारणा यथावत् छ ?

कल्याण श्रेष्ठः विज्ञप्ति हामीले जारी गरेका हौं, विज्ञप्तिमा विघटन असंवैधानिक छ भनेर भनिएको छ । असंवैधानिक छ भन्ने कुरामा हाम्रो मान्यता यथावत छ । विज्ञप्ति जारी गरेका छैनौं भन्ने पनि होइन, असंवैधानिक छ भन्ने कुराबाट हामी पछि हट्नु पर्ने कारण पनि छैन । हाम्रो धारणा जनसाधारणको उपयोगको लागि गरिएको कुरा हो, त्यो धारणाबाट हामी पन्छिनु पर्ने वा त्यसमा बदल्नु पर्ने कुनै कुरै छैन । त्यही कुरा हामीले लिखित जवाफमा स्पष्ट शब्दमा भनेका छौं ।

मीनबहादुर रायमाझीः त्यो अभिव्यक्तिको स्वतन्त्रता हो । त्यही प्रयोग भएको छ । अदालतको अवहेलना गर्ने उद्देश्य हाम्रो हुँदा पनि होइन । संविधानमा यो व्यवस्था छ है भन्ने कुरासम्म हामीले गरेका हौं, त्योभन्दा बाहिर हाम्रो कुनै कुरा छैन ।

सुशीला कार्कीः विज्ञप्तिको शुरुदेखि अन्त्यसम्म हेर्ने हो भने अदालतको अवहेलना हुने खालका शब्दहरु कहिं केहीपनि छैन । तर किन मुद्दा हालियो, मलाई थाहा छैन । तर मुद्दा हालेपछि हामीले सम्मानपूर्वक जवाफ लिएर अदालत जानुर्पछ, त्यही भएर अदालत गएका हौं । पछि जे होला, हामी भोग्न तयार छौं ।

अनुपराज शर्माः सर्वोच्चमा हामीले दिएको जवाफमा अस्वीकृति (डिनायल) नै थियो अर्थात् हामीले जारी गरेको वक्तव्यबाट अदालतको मानहानि हुँदैन । किनभने त्यहाँ अदालतको अ पनि उच्चारण गरिएको छैन, फेरि यस्तो फैसला गर्नुपर्छ पनि भनेको छैन । संविधानको दुरुपयोग भो भन्ने आशय हो । कस्ले दुरुपयोग गरेको थियो भन्दा कार्यकारी प्रमुख र राष्ट्रपतिले । त्यसकारण, उहाँहरुको कृयाकलापलाई पो आलोचना गरेका हौं, हामीले अदालतप्रति कुनै आक्षेप पनि लगाएका छैनौं, आलोचना पनि गरेका छैनौं । मैले व्यक्तिगत तवरमा भन्नुपर्दा, ३० वर्ष त्यही अदालतमा वकालत गरेको मान्छे हो, साढे छ वर्ष न्यायाधीश र प्रधानन्यायाधीशको रुपमा रहें । अनि छ वर्ष मानव अधिकार आयोगमा बसें । मेरो जीवनको ४३ वर्ष कानुन र कानुनी राज, मानव अधिकारकै प्रबद्र्धनमा बितेको छ । त्यसकारण मैले अदालतको मानहानि त गर्ने सोच्दै सोच्दिनँ । मलाई लाग्दछ, सर्वोच्च अदालतले संवैधानिक केसहरुमा राम्रो व्याख्या विगतमा पनि गरेको थियो, अब पनि संविधान नै टेकेर गर्दछ भन्ने मलाई पूर्ण आशा छ । अवहेलनाको अवधारणा के हो ? अहिले हाम्रो संविधान हेर्दाखेरि अदालतको आदेश मानेन भने अथवा अदालतको न्यायनिरुपण गर्ने कुरामा कुनै अबरोध गर्यो भने अवहेलना हुने हो । हाम्रो वक्तव्यले सर्वोच्च अदालतले परिरहेका रिटमाथि निर्णय गर्न त छेक्दै छेक्दैन नि । र यस्तो निर्णय गर्नु पनि भनेको छैन । जहाँसम्म चर्चा परिचर्चा छ, संविधान भनेको सार्वजनिक लिखत हो, पब्लिक डकुमेन्ट हो । त्यसमा त चर्चा भइहाल्छ नि । हामीलाई अदालतको मानहानि ठहर्याउने हो भने त ल क्याम्पसका हरेक शिक्षकलाई लगाउनु पर्दछ । किनभने उल्टो ब्याख्या हुन्छ । संविधानको धारा ७० भन्दा उताका धाराको व्याख्या अन्यथा त हुनै सक्दैन । त्यसकारण हामीले अदालतको फैसला गर्ने जुन अधिकार हो त्यसलाई कुनै हिसाबले प्रभावित गरेका छैनौं । मेरो अडान त्यही हो । राजनीतिक वक्तव्यबाजीमा कतिपय कुरा हुन्छन्, र त्यसलाई मानहानिका रुपमा लिनु जरुरी छैन । अहिलेको हामीमाथिको मानहानिको मुद्दा सुनियोजित छ । वक्तव्य आउनुअघि पनि मैले यस्तै अन्तर्वार्ता दिएको थिएँ, तर मानहानिको कुरै छैन । न्यायाधीशले कसले के भने भनेर न्यायनिरुपण गर्ने होइन, त्यस्ता मतभन्दा निस्पृय रहेर फैसला गर्नुपर्छ, संविधान, ऐन कानुन हेरेर न्याय दिन्छ । मलाई पक्का विश्वास छ, संविधानमै टेकेर यो फैसला आउँछ ।

प्रश्न ४ः चार जना पूर्व प्रधानन्यायाधीश सर्वोच्च पुग्दा कुनै विशेष अनुभूति भयो ?

कल्याण श्रेष्ठः खासै नौलो अनुभूति भएन । तर हामी मुद्दा कहिल्यै नखेपेका मान्छे हौं, अहिलेसम्म हामीले मानिसलाई न्यायिक परीक्षणमा राखेर हेर्ने गरेका थियौं, न्यायकर्ताको रुपमा हेर्यौं होला । आज हामी आफैं याचिका लिएर, न्यायको याचक भएर जानुपर्ने अवस्था आयो, तर यो आम नेपाली नागरिकले पाएसरहको अधिकार र दायित्व हो । हामीमाथि पनि कसैले शिकायत गर्न पाउने नै भयो । त्यसको हामी सम्मान गर्छौं, बाँकी कुरा त अदालतले निर्णय गर्ने नै छ ।

मीनबहादुर रायमाझीः (हास्दै) लामो समयसम्म हामीले सर्वोच्च अदालतमा काम गरेका थियौं । हाम्रो त्यही ठाउँमा जन्म भएको हो, कर्मक्षेत्र त्यही अदालत हो । जन्मस्थललाई पनि कसैले अवहेलना गर्छ र ? तारिख कहिल्यै नलिएको मान्छे हो, अहिले सर्वोच्च आउँदा अलिकति दुःख त लागेकै छ । यो स्वाभाविक, सामान्य प्रक्रियागत कार्य पनि हो, अदालतले पनि त्यही गर्नैपथ्र्यो ।

सुशीला कार्कीः म अवकाशपछि पहिलो पटक सर्वोच्च अदालत आइपुगेकी हुँ । खासै नौलो अनुभव भएन । हामी अवकाश भएको अनुभव छँदैछ, अनौठो केही लागेन । म आफैं ३०–३१ वर्षसम्म वकील पनि भएर काम गरिसकेको व्यक्ति हुँ । त्यसबीचमा १,२ पारिवारिक मुद्दा परे । सर्वोच्चमा परेको यो मुद्दाप्रति कुनै गुनासो छैन, जीवनमा यस्ता घटना भइरहन्छन् ।

अनुपराज शर्माः अवकाशपछि पहिलो पटक सर्वोच्च आइपुगेको हो । कोही चिनेका, कोही नचिनेका थिए । काम सहज रुपमा भयो । हामीले जति सहजताका साथ आज अदालतभित्र पहुँच पायौं, त्यतिकै पहुँच सबैलाई प्राप्त भएको हो भने अदालतको कामकारबाहीमा राम्रै प्रगति भएको मान्नु पर्छ ।