२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्राइभिङ टेस्ट पास गरेको १० मिनेट नबित्दै खोलामा कार खसाएपछि



अ+ अ-

एजेन्सी । सवारी चालक हुनु त्यति सजिलो काम होइन । चालकले लाइसेन्स पाउनका लागि ड्राइभिङ टेस्ट दिएर उत्तीर्ण हुनुपर्ने हुन्छ । यसै विषयमा हालचालै चीनमा एउटा घटना भएको छ ।

कार ड्राइभिङ टेस्ट दिएर एक चीनीयाँ व्यक्तिले पास गरेको १० मिनेटमै कार खोलामा खसलेका छन् । ती व्यक्तिले गुइचो प्रान्तमा रहेको लाओपिङ पुलबाट कार खोलामा खसाएका हुन् । झाङ नाम गरेका उनले कार चलाउँदै गर्दा मोबाइलमा ड्राइभिङ टेस्ट पास गरेकोमा आएको बधाई सन्देश पढिरहेका थिए ।

भिडियोमा झाङले पुलमा गाडी ल्याउँदा केही मानिस पुल तरिरहेको देखिन्छ । ध्यान भड्किएपछि उनी गाडीलाई देब्रेतिर मोडे र कार खोलामा खस्न पुगेको हो ।

कार केही बेर पानीमा तैरियो । झाङले कारको ढोका खोल्न नसकेपछि अर्कोतिरको ढोकामा लात हानेर खोले अनि बाहिर निस्किए । पछि स्थानीयहरूको सहयोगमा उनको उद्दार गरिएको थियो ।