२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडामा विद्यार्थीले रुममेटलाई चक्कु प्रहार गरे, ६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । क्यानडाको राजधानी ओटावामा छुरा प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ । ओटावा प्रहरीले श्रीलङ्काका एक १९ वर्षीय विद्यार्थीलाई आफ्ना ६ जना रुममेटलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरेको छ । मृत्यु हुनेमा श्रीलंकाली परिवारका चार बालबालिका पनि छन् ।

ओटावाका प्रहरी प्रमुख एरिक स्टब्सले फाब्रिसियो डे(जोयसा भनेर चिनिने अभियुक्तले मानिसलाई धारिलो हतियारले आक्रमण गरेको बताए । उनीमाथि छ वटा फर्स्ट डिग्री हत्या र एक हत्या प्रयासको आरोप लगाइएको छ । प्रहरी अधिकारीले मृतकहरू हालै क्यानडा आएका श्रीलंकाली नागरिक रहेको बताए ।

जसमा ३५ वर्षीया आमा, सात वर्षीय छोरा, चार वर्षीया छोरी, दुई वर्षीया छोरी र साढे दुई महिनाकी छोरी रहेका छन् । साथै परिवारका चिनजानका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

प्रहरी प्रमुखले घटनापछि बालबालिकाका बुबा घरबाट बाहिर निस्केर मानिसहरूलाई ९११ मा फोन गर्न आग्रह गरेका थिए । श्रीमान् पनि गम्भीर घाइते भएका छन् र अस्पतालमा भर्ना छन् । उनले निर्दोष जनतामाथिको हिंसाको यो मूर्खतापूर्ण कार्य भएको बताए ।

ओटावास्थित श्रीलंकाली उच्चायोगले पीडितको परिवार श्रीलंकाको रहेको बताएको छ । बुबा बाँचे तर श्रीमती र छोराछोरी मरे । उच्चायोगले कोलम्बोमा पीडितका आफन्तसँग सम्पर्कमा रहेको बताएको छ ।