९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

भियतनामको राजधानी हनोइ प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा

भियतनामको राजधानी हनोइ प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा
अ अ+ अ-

हनोई । भियतनामको राजधानी हनोईलाई मङ्गलबार प्रदूषणको बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट देखिएका थिए भने सहरका करिब ९० लाख मानिसले विषाक्त हावामा सास लिन बाध्य हुनुपरेको थियो ।

मङ्गलबार दिउँसो वायु निगरानी वेबसाइट आइक्युएयरको विश्वका सबैभन्दा प्रदूषित सहरहरूको तालिकामा हनोई शीर्ष स्थानमा छ । फोक्सोमार्फत रक्तप्रवाहमा प्रवेश गर्न पर्याप्त क्यान्सर बनाउने सूक्ष्म कणहरू पिएम२।५ प्रदूषकहरूको स्तर ‘धेरै अस्वास्थ्यकर’ का रूपमा वर्गीकृत गरिएको छ र विश्व स्वास्थ्य सङ्गठनको वार्षिक दिशानिर्देशअनुसार यो २४ गुणाभन्दा बढी छ ।

हालैका वर्षहरूमा हनोईलाई बारम्बार विश्वको सबैभन्दा प्रदूषित सहरमा सूचीबद्ध गरिएको छ । आंशिकरूपमा व्यापक निर्माण र प्रत्येक दिन राजधानीमा ठूलो सङ्ख्यामा मोटरसाइकल र कारहरूबाट हुने उत्सर्जनलाई यसको प्रमुख कारक मानिएको छ । त्यस्तै उत्तरमा कोइला खानीबाट हुने कार्बन उत्सर्जन र कषि जलनले समस्या थप बढेको छ ।

“पछिल्ला केही दिनमा हावाको गुणस्तर अत्यन्त खराब भएकाले बाहिर निस्कँदा मैले मास्क लगाउनुपरेको छ”, कार्यालयका कर्मचारी गुयेन मिन्ह हुआङले भन्नुभयो, “सास फेर्न कठिन छ, मलाई बारम्बार हाछ्युँ आएकाले बाहिर निस्कने समयलाई सीमित गर्नुपरेको छ ।”

उच्च आद्र्रताले बाक्लो कुहिरोले हनोईलाई ढाकेर वायु प्रदूषणमा भएको वृद्धिले दृश्यता कम हुँदा गत महिना दर्जनौँ उडान प्रभावित भएका थिए । मौसम पूर्वानुमानकर्ताहरूले विशेषरूपमा भियतनामको उत्तरपूर्वी पहाडी क्षेत्रहमा बाक्लो धुवाँको नियमित चेतावनी जारी गरेका छन् ।

वायु प्रदूषणमा विश्व बैंकको पछिल्लो प्रतिवेनमा हनोईमा ४० प्रतिशत मानिस विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को दिशानिर्देशहरूभन्दा करिब पाँच गुणा धेरै सघनताको सम्पर्कमा रहेको उल्लेख छ । वायु प्रदूषणको जोखिमसँग स्ट्रोक, हृदय रोग र फोक्सोको क्यान्सरजस्ता गम्भीर स्वास्थ्य जोडिएका डब्लुएचओले बताएको छ ।