५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला



अ+ अ-

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कोलोराडोमा प्राथमिक मतपत्रमा रहन सक्ने फैसला गरेको छ । राज्यको अयोग्यतालाई अस्वीकार गर्दै सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको हो ।

नौ न्यायाधीशमध्ये तीन उदारवादी र ५ रूढिवादीहरु सबैले उक्त निर्णयमा सहमति जनाएका थिए । जनवरी ६, २०२१ मा क्यापिटल दंगा अघिका घटनाहरूमा उनको संलग्नताका कारण राज्यहरूले ट्रम्पलाई मतपत्रबाट हटाउने अनिर्णय गरेका थिए श्र तर सर्वोच्च अदालतले ट्रम्पको पक्षमा फैसला गरेको हो ।

अमेरिकी सर्वोच्च अदालतले कोलोराडो सर्वोच्च अदालतले संविधानको १४ औं संशोधनको धारा ३ अन्तर्गत राष्ट्रपति पदका उम्मेदवारलाई अयोग्य ठहराउने निर्णय गर्ने अधिकार राज्यहरूसँग छ भन्ने गलत धारणा बनाएको बताएको छ ।