२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले नै फसाएको गेम हो मैले नै निकाल्नुपर्छ भन्ने लागेको थियो – करण केसी



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गर्यो । कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबारनेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो ।

नेपाललाई नाटकीय जित दिलाउन अन्तिम ओभरमा करण केसीले उत्कृष्ट बलिङ गरे । त्यसअघि नामिबियाका ब्याट्सम्यानसँग चुटिएका करणले अन्तिम ओभरमा भने कसिलो बलिङ गर्दै नतिजा नेपालको पोल्टामा पारे । नामिबियालाई अन्तिम ओभरमा १२ रन आवश्यक थियो । तर उसले ९ रनमात्रै जोड्यो ।

करणले ४ ओभरमा ४९ रन खर्चिएर २ विकेट लिए । अन्तिम ओभरमा बलिङ गर्नुअघि नै उनले ४१ रन खर्चिसकेर महँगो सावित भएका थिए । तर, कप्तान रोहित पौडेलले करणलाई विश्वास गर्दै उनको हातमा बल थमाए ।

खेल सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै करणले आफूले धेरै रन खर्चिएको र अन्तमा आफूले नै खेल जिताउनुपर्ने ठानेको बताएका छन् । उनले पोस्टम्याच कन्फरेन्समा भने – ‘मलाई कस्तो फिल भयो भने मैले नै फसाएको गेम हो मैले नै निकाल्नुपर्छ भन्ने लाग्यो रोहित(कप्तान)ले नी भने मैले नै बलिङ गर्छु भनेर । ममा कन्फिडेन्ट पनि थियो । कप्तान रोहितले पनि समर्थन गरे ।’