२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु



अ+ अ-

गाजा । मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले पुन: गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनी मारिएको र अन्य ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्रोतले बताएको छ ।

स्रोतले उद्धार प्रयास जारी रहेको र हताहत हुनेमा महिला र बालबालिका पनि रहेको बताएको छ । पीडितहरूलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा सारिएको छ ।

प्रत्यक्षदर्शीहरूले एक इजराइली युद्धक विमानले धेरै विस्थापित परिवारलाई आश्रय दिइरहेको घरमा अनेकौँ मिसाइल प्रहार गरेको बताएका छन् । ठूलो विस्फोटबाट भवन ध्वस्त भएको र शिविरको पश्चिमी भागमा छिमेकीको घरमा गम्भीर क्षति पुगेको छ ।

यसैबीच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै गाजापट्टीमा इजराइली आक्रमणमा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या बढेर २९ हजार तीन सय १३ पुगेको र ६९ हजार तीन सय ३३ जना घाइते भएको जनाएको छ ।