१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा टिपर दुर्घटनाः चालक र सहचालकको मृत्यु



अ+ अ-

रामपुर । पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु२ख ५६१ नं को टिपर दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको हो ।

रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको टिपर माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा आज उक्त टिपर दुर्घटना भएको हो ।

उक्त घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस