१ पुष २०८२, मंगलवार
,
Latest
नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार सरकार र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैनः मन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा झडपपछि अनिश्चितकालीन कर्फ्यू जारी



अ+ अ-

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका केही स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ ।

बिहीबार रौतहटको इशनाथ नगरपालिकाको मोतिपुरमा दुुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर आज वीरगन्जमा भएको विरोध जुलुसको क्रममा विवाद र झडप भएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो ।

प्रशासनले वीरगन्ज महानगरमा पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार क्षेत्र) सम्म कर्फ्यू आदेश जारी गरेको छ ।

रौतहटको इशनाथमा मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई पक्षबीच झडप भएको थियो ।