२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २९ हजार नजिक



REUTERS/Ronen Zvulun
अ+ अ-

एजेन्सी । गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २८ हजार ९ सय ८५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएको बताएको छ ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको हत्या गरेको र २०५ जना घाइते भएको मन्त्रालयले जनाएको छ । बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास बिरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको छ । जसमा करिव १ हजार २ सय मानिसहरू मारिएका थिए । २ सय भन्दा बढीलाई बन्धक बनाएका थिए ।