९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

सकारात्मक पक्षपोषणका लागि रासस मियो बन्न सक्नुपर्छः उपराष्ट्रपति यादव

सकारात्मक पक्षपोषणका लागि रासस मियो बन्न सक्नुपर्छः उपराष्ट्रपति यादव
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले निराशा, कुन्ठा र नकारात्मकताले गाँजिएको समाजमा सकारात्मक पक्षपोषणका लागि राष्ट्रिय समाचार समिति(रासस) मियो बन्न सक्नुपर्ने बताउनुभएको छ । राससको ६३औं वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले समाचार सामग्रीहरुमा राजनीतिका विषयवस्तु बढी हावी हुँदा अन्य मुद्दा, विषय र क्षेत्रहरु ओझेलमा परेको हो कि भन्नेतर्फ केन्द्रित हुन पनि आग्रह गर्नुभएको छ ।

उपराष्ट्रपतिले राससले नेपालको परिवर्तित परिवेशमा सामाजिक एवं सांस्कृतिक विविधताको प्रसार र पृष्ठपोषकका रूपमा काम गर्नुपर्नेमा जोड दिँदै राजनीतिक र आर्थिक जीवनको विभिन्न पक्षहरुको प्रकटीकरणका साथै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्र्ने भूमिकामा अझ प्रखर हुन जोड दिनुभएको छ । “पूर्वाग्रहबाट नभई वर्तमान परिवेशमा रूपान्तरित सोचका साथ अघि बढ्दै सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीता, समानता र सुशासनका पक्षपोषणमा रासस खरो उत्रिन सक्नुपर्दछ ।’’, सन्देशमा भनिएको छ, “नयाँ–नयाँ सूचना प्रविधिको अविष्कार र विकाससँगै सञ्चारमाध्यमले सङ्ख्यात्मक फड्को मारिरहेको अवस्थामा पत्रकारितामा पेशागत गुणवत्ता कायम राख्नु चुनौतीपूर्ण कार्य हो । अझ, नेपालको चुनौतीपूर्ण राजनीतिक वस्तुस्थिति र आशालाग्दा उपलब्धिबीच पत्रकारितामा व्यावसायिक तिक्खर उपस्थिति देशको आवश्यकता भएकाले त्यसको गहन पहल गर्न राससले आफ्नो भूमिकालाई थप परिस्कृत र जिम्मेवार भई अग्रसर मात्र हुने होइन, अब्बल नेतृत्वदायी भूमिका पनि निर्वाह गर्न जरुरी छ ।’’

उपराष्ट्रपतिले आफूलाई थप सवल र शुद्ध बनाउदै व्यावसायिक आचरणलाई परिस्कृत, परिमार्जित गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी पनि राससको काँधमा रहेकाले सामाजिक, आर्थिक, राजनीतिक, भाषिक, शैक्षिक, समावेशीता, समानताको पक्षमा बढी भन्दा बढी आमनागरिकको अपनत्व बढाउन सबै क्षेत्र, भूगोल, वर्गको प्रतिनिधित्व हुने गरी समाचार सामग्री, विषयवस्तु र सेवाहरु उसले पस्कन थप प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले हालै अवधी भाषाको सामग्रीको उत्पादन शुरु गरेर अन्य मातृभाषीलाई पनि राससको समाचार सामग्रीमा अपनत्व लिने गरी नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल, सुद्ध र व्यवस्थित गर्न राससको सक्षम नेतृत्व, जनशक्ति र व्यवस्थापकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने विश्वास पनि शुभकामनामा व्यक्त गर्नुभएको छ । रासस