९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

गलत सूचनाको चुनौतीलाई राससले चिर्नुपर्छः राष्ट्रपति पौडेल

गलत सूचनाको चुनौतीलाई राससले चिर्नुपर्छः राष्ट्रपति पौडेल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या र गलत सूचनाबाट ‘दिग्भ्रमित’ पार्ने काम पनि भइरहेका सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) जस्तो जिम्मेवार सञ्चारमाध्यमले सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना प्रवाह गरेर जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राससको ६३ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको दुरुपयोगबाट बच्नु ठूलो चुनौती भएकाले यस चुनौतीलाई राससजस्ता सञ्चारमाध्यमले सामना गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

राससले स्वदेश तथा विदेशमा सत्यतथ्य, आधिकारिक र विश्वसनीय समाचार, फोटो, श्रव्य र श्रव्यदृश्य समाचार समाग्री अनलाइन सेवामार्फत आफ्ना सेवाग्राहीलाई अहोरात्र सम्प्रेषण गर्दै आएको छ ।

“पत्रकारिताको सिद्धान्त, आचारसंहिता र मूल्यमान्यतामा आधारित मौलिक, खोजमूलक र अनुसन्धानमूलक लेखनले नै समाचारको सार र प्राणलाई बचाउँदै पाठकको चाहनालाई पूरा गर्छ भन्ने मलाई लाग्दछ”, सन्देशमा भनिएको छ, “पछिल्लो समयमा राससले सेवाको विविधिकरण, प्रकाशन, तालिम तथा पूर्वाधार विकासमा गरेको सुधार प्रशंसनीय छ ।”

मुलुकको एक मात्र समाचार समिति राससले आधुनिकीकरण र भूमण्डलीकरणको बदलिँदो परिवेशमा आफ्ना पाठक र सेवाग्राहीको चाहनाअनुरुपका गुणस्तरीय, सत्यतथ्य, आधिकारिक र विश्वसनीय समाचार सामग्री छिटोछरितो रुपमा दिन अझै प्रतिस्पर्धी, सक्षम र नेतृत्वदायी सञ्चारमाध्यमका रुपमा अघि बढ्ने राष्ट्रपतिको विश्वास रहेको छ ।

उहाँले इन्टरनेट र सूचना प्रविधिको तीव्रतर विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा व्यापक परिवर्तनसँगै छिटोछरितोरूपमा दर्शक, स्रोता र पाठकको सत्यतथ्य सूचना पाउने चाहनलाई पूरा गर्न कठिन बन्दै गएको परिप्रेक्ष्यमा राज्यद्वारा सञ्चालित राससजस्तो समाचार समितिले संविधानले प्रत्याभूत गरेको आम नागरिकको सूचनाको हक पाउने प्रावधानलाई पूरा गर्न अझै जिम्मेवार, विश्वसनीय र जवाफदेही बन्नुपर्ने बताउनुभयो ।

राष्ट्रपतिले विश्वका समाचार समितिले हासिल गरेको प्रगति, सुधार र पाएको सफलताबाट पाठ सिकेर राससले आफ्नो सेवा, गुणस्तर र समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन र सुधार गरी यसलाई अझै आधुनिक, विकसित र नमूना समाचार समितिका रुपमा विकास गर्न कार्यरत व्यावसायिक पत्रकार र व्यवस्थापनालाई सफलता मिलोस् भनी शुभकामना दिनुभएको छ ।

राष्ट्रपतिले अभिव्यक्ति स्वतन्त्रतामात्र होइन स्वतन्त्र, निष्पक्ष र स्वतन्त्र पत्रकारिता तथा हरेक नागरिकको सूचनाको अधिकार बहुलवादमा आधारित लोकतन्त्रमा मात्र सम्भव हुने भएकाले सबै जात, जाति, भाषा, भाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरण आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाले राखेका खास लक्ष्य पूरा हुने पनि स्पष्ट गर्नुभएको छ । रासस