१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडासँग हार्यो नेपाल ‘ए’



अ+ अ-

काठमाडौँ । क्यानडा ११ सँगको एकदिवसीय क्रिकेटमा नेपाल ए पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भएको हो ।

नेपालले बसिर हदमदको अर्धशतकको सहयोगमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी रहँदा भेट्टायो ।

क्यानडाका लागि नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रनको योगफल बनायो ।

नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाए । त्यसैगरी रसिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडे । किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।

क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे । त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक/एक विकेट लिए ।