१२ श्रावण २०८३, मंगलवार
,
Latest
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसिर अहमदको अर्धशतकमा नेपालले दियो क्यानडालाई २१७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट टीम ए ले पहिलो एकदिवसियमा क्यानडा–११ लाई २१७ रनको विजयी लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरा ओभर खेल्दै २१६ रन बनायो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोडे । बसिरले अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए । उनले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै, रशिद खानले ४० रनको योगदान दिए ।

मयन यादवले ५६ बलमा ४ चौका र १ छक्कासहित ३५ रन जोडे । सन्दीप जोराले १४ रन जोडे । साहब आलम २ रनमा नटआउट रहे ।

क्यानडाका लागि कप्तान साद बिन जफरले ३, इश्वरजीत सोधीले २ तथा डिलोन हेलीगर, हर्ष ठाकेर र सहिद अहमदजाईले १–१ विकेट लिए ।

दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो । नेपाल ए को कप्तानी विनोद भण्डारीले गरेका छन् ।

नेपाल ए को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली छन् । दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।