९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महोत्तरीका किसान सजिउनको व्यावसायिक खेतीतर्फ आकर्षित

महोत्तरीका किसान सजिउनको व्यावसायिक खेतीतर्फ आकर्षित
अ अ+ अ-

महोत्तरी । महोत्तरीमा सजिउन (मुन्गा)को व्यावसायिक खेती बढ्न थालेको छ । स्वास्थ्यका लागि गुणकारी मानिने सजिउनको खेतीमा यहाँका प्रत्येक घरपरिवार लागेका छन् । खेतका आली र कतैकतै रुखो कान्लाबारीमा पनि सजिउनका बोट लगाएको देख्न सकिन्छ ।

बर्दिवास नगरपालिका–६ र ७ का अधिकांश बस्तीका किसानले १०/१५ सङ्ख्यामा सजिउन हुर्काइरहेका छन् । सेताम्य फूल्न लागेका सजिउनका बोटमा जोसुकैको नजर पर्न थालेका छन् । “हाम्रो बस्तीका सबै जसो घरपरिवारले कम्तीमा पनि १०/१२ सजिउन लगाएकै छन्”, बर्दिवास–६ किसाननगरको कृष्णपुरका २५ वर्षे सरोज यादवले भन्नुभयो, “पछिल्ला पाँच/सात वर्षयता सजिउन लगाउनेको सङ्ख्या बढ्न थालेको छ ।” खानाका लागि स्वादिष्ट हुनुका साथै स्वास्थ्यका दृष्टिले पनि गुणकारी भएको उहाँको भनाइ छ ।

खनजोत, गोडमेल खासै केही गर्नु नपर्ने सजिउनको रुख रोप्न सजिलो छ । हुर्केको बोटको छिप्पिएको हाँगा काटेर चिस्यान भएको ठाउँमा एक हातजति खाल्डो खनेर गाडेपछि हुर्कने हुँदा यसलाई कम मेहनतको खेती पनि भनिन्छ ।

“यसपाली रोपेको हाँगो अर्को वर्ष फलिहाल्छ, अनि बजारमा अरु तरकारीको तुलनामा राम्रो मूल्यमा बिक्छ”, बर्दिवास–७ जुरेटोलका किसान धनसिंह केप्छाकी भन्नुहुन्छ, “एउटा राम्ररी झाङ्गिएको बोटबाट सिजनभरि घरमा खाएर रु तीनदेखि चार हजारसम्म आम्दानी गर्न पनि सकिन्छ ।”

बजारमा बिक्री गर्न समस्या नहुने र मूल्य पनि राम्रो पाइने भएपछि किसानमा पछिल्ला केही वर्षयता सजिउनको खेतीमा आकर्षित भएको उहाँको भनाइ छ । गत वर्ष आफ्ना पाँच/छ वटा बोटबाट घर र आफन्तकहाँ खपत भएर पनि रु १५ हजारभन्दा बढीको बिक्री गर्न सफल भएको क्याप्छाकीले सुनाउनुभयो ।

सजिउनको बोटमा सामान्यत: चैत/वैशाखमा राम्रो फल लाग्छ । मधेसमा खासगरी मिथिला क्षेत्रमा प्रत्येक वर्षको चैत–वैशाखमा आठ–दश छाकमात्रै सजिउनको तरकारी खाने चलन थियो । यसको सेवनबाट बिफरलगायत छालासम्बन्धी समस्या नहुने विश्वास छ । मिथिलामा प्रत्येक नयाँ वर्ष मनाइने जुडशीतल पर्वमा ‘सजिउनको’ को परिकार विषेश तयार हुन्छ ।

विशेष गरी महोत्तरीका उत्तरीक्षेत्रका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा बर्सेनि यसको खेती बढ्दो छ । “यसको खेतीका लागि न मल चाहिने, न गोडमेल नै । पहिलोचोटी राम्रो खाल्डो खनेर चिस्याइएको माटोमा हाँगा रोपे पनि पुग्छ”, बर्दिवास–७ प्रेमनगरका रामचन्द्र महतोले भन्नुभयो, “गाडिएको हाँगा कसैले नहल्लाइदिए सरी हाल्छ ।” निकै कम लगानीमा हुने यो खेतीको आम्दानी राम्रो हुने महतोको अनुभव छ ।

बर्दिवास नगरपालिकाका पूर्वपश्चिम राजमार्ग मास्तिर ९उत्तर०का खयरमारा, टुटेश्वर, गणन्ता, चेरु, सोनापेटी, वरडाँडा, भब्सी, पाटु, कालापानी, रजबास, पर्साहीधापसहितका बस्तीमा अहिले सेताम्य पूmलले ढकमक्क सजिउनका रुख बाक्लै देखिन्छन् । सजिउन चैतदेखि जेठभरिकै घरघरकै तरकारी हुने गरेको बर्दिवास–१० खयरमाराका ६० वर्षीय प्रेमध्वज लामा बताउनुहुन्छ ।

“सिजनभरि तरकारी खाएर सबैले बुटैपिच्छे सरदर तीन/चार हजारको सजिउनको फल बेच्छन्”, लामा भन्नुहुन्छ “गरिब परिवारका किसानलाई पनि चैत वैशाखको अनिकालमा यो घरगुजाराको सहारा बनेको हुन्छ ।”

सजिउन स्वास्थ्यका लागि गुणकारी तरकारी भएको हुँदा खानामा यसको प्रयोग बढ्दा रोगप्रतिरोधात्मक क्षमता बढ्ने बर्दिवास अस्पतालका मेडिकल अफिसर डा किशोर अधिकारी बताउनुहुन्छ । सजिउनको कलिलो मुन्टा, पूmल र फल तरकारीमा प्रयोग गरिनछ । रासस