२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी लिग–२ः नेपालले विश्वकप खेलेको नेदरल्यान्ड्ससँग खेल्दै



file photo: can
अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा आज शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल बिहान सवा नौ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । यसअघिको पहिलो खेलमा नामिबियासँग चार विकेटले हार ब्यहोरेको नेपाल जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

तर, नेदरल्यान्ड्सलाई हराउन नेपाललाई सजिलो भने हुनेछैन । गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकप खेलेर सबैलाई चकित तुल्याएको नेदरल्यान्ड्सले उक्त विश्वकपमा दक्षिण अफ्रिकालाई ३८ रनले तथा बंगलादेशलाई ८७ रनले पराजित गरेको थियो ।

नेदरल्यान्ड्सको भने  पहिलो खेल हुनेछ । नेपाली दर्शकले भरिपूर्ण मैदानमा जित निकाल्दै नेदरल्यान्ड्स लिग २ को सुखद् सुरुवात गर्न चाहन्छ ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा हुन लागेको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकामा यसपटकको लिग–२ मा भने आठ टोली भिड्दैछन् । आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्नेछन् भने २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ ।

आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन टोली विश्वकपमा सिधै छनोट भएका थिए ।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्, जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।