२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेटमा ५०० विकेट लिने दोस्रो भारतीय बने अश्विन, यस्ता छन् अन्य कीर्तिमान



अ+ अ-

एजेन्सी । भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले टेस्ट क्रिकेटमा आफ्नो ५०० विकेट पूरा गरेका छन् । उनी यो उपलब्धि हासिल गर्ने दोस्रो भारतीय बलर बनेका छन् । यसअघि अनिल कुम्बलेले १०५ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।

राजकोटमा इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्ट म्याचको दोस्रो दिन अफ स्पिनरले इङ्ल्यान्डका ज्याक क्राउलीलाई आउट गरेपछि अश्विनले यो उपलब्धि हासिल गरेका हुन् । अश्विन यो उपलब्धि हासिल गर्ने विश्वका नवौं बलर बनेका छन् ।

अश्विनले ९८औँ टेस्टमा ५०० विकेट पुरा गरेका हुन् । उनी सबैभन्दा कम टेस्टमा ५०० विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन् । श्रीलंकाका मुथैया मुरलीधरनले मात्र कम खेल (८७) मा ५०० विकेट पूरा गरेका थिए ।

वानखेडे स्टेडियममा सर्वाधिक विकेट लिए
अश्विनलाई सबैभन्दा बढी विकेट भारतमै मिल्यो । त्यसमा पनि वानखेडे स्टेडियमले उनलाई सबैभन्दा बढी सफलता दिलायो । उनले मुम्बईको यो मैदानमा जम्मा ५ खेल खेलेर ३८ विकेट लिएका थिए । अश्विनले आफ्नो घरेलु मैदान चेपौक रंगशालामा ४ खेलमा ३० विकेट लिएका छन् ।

विदेशमा सबैभन्दा बढी विकेट अष्ट्रेलियामा
अश्विनले विदेशको कुरा गर्दा अस्ट्रेलियामा सबैभन्दा बढी विकेट लिएका छन् । उनले अस्ट्रेलियाको घरेलु मैदानमा कुल १० टेस्ट खेलेर ३९ विकेट लिए । यसबाहेक उनले श्रीलंकामा ६ टेस्टमा ३८ विकेट लिएका छन् । अश्विनले भारतमा ५८ खेलमा ३४७ विकेट लिएका छन् ।

अष्ट्रेलियाविरुद्ध सर्वाधिक विकेट
अश्विनले आफ्नो करियरमा अष्ट्रेलियाविरुद्ध सबैभन्दा धेरै विकेट लिएका छन् । अश्विनले अष्ट्रेलियाविरुद्ध २२ खेल खेल्दै ११४ विकेट लिएका छन् । योसँगै इंग्ल्याण्ड दोस्रो स्थानमा छ, जसविरुद्ध अश्विनले २२ खेलमा ९८ विकेट लिएका छन् ।

बेन स्टोक्स सबैभन्दा बढी शिकार बने
अश्विनले इङ्ल्यान्डका कप्तान बेन स्टोक्सलाई सर्वाधिक १२ पटक आफ्नो शिकार बनाए । गत महिना टेस्ट क्रिकेटबाट सन्यास लिएका अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर पनि ११ पटक अश्विनको बलमा आउट भएका थिए ।