१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

देश यथास्थितिमा बस्न सक्दैन, नयाँ सम्झौता गरौँ: अध्यक्ष लिङदेन

देश यथास्थितिमा बस्न सक्दैन, नयाँ सम्झौता गरौँ: अध्यक्ष लिङदेन
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताउनुभएको हो । उहाँले देशले अवलम्वन गरेको प्रणाली नै दोषि रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताउनु भयो । उहाँले अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र भएको टिप्पणी समेत गर्नुभयो । उहाँले कसैलाई निषेध गरेर मुलुक अगाडी बढ्न सक्दैन भन्नेकुरा प्रमाणित भइसकेको भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले अवलम्बन गरेको प्रणाली दोषि छ । त्यसैले अब यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणाली, यही ऐन निर्माण गर्ने विधिबाट हामीले अपेक्षा गरेको परिवर्तन सम्भव छैन मात्र होइन कुनै हालतले देश अगाडी बढ्न सक्दैन । अहिले यो कुरा राप्रपाले मात्रै होइन, यो उत्कृष्ट व्यवस्था हो भनेर ल्याउने, लड्ने सबैले पनि स्वीकारि सक्नुभएको अवस्था हो । त्यसैले म आग्रह गर्छु, परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो, त्यो गणतन्त्र होइन । अहिले जनताले के भन्छन्, लुटतन्त्र हो । केही सिमिति राजनीतिक दल र ति सिमित राजनीतिक दलका पनि सिमित नेताहरुका मुठीमा देश कैद भयो ।’

‘उनीहरुको लागि मात्रै भयो । त्यसकारण अब देश यहीँ अडिइराख्न सक्दैन । देशलाई यही अवस्थामा राखिराख्न सकिँदैन । म भन्न चाहन्छु, सबै दलहरुको ध्यानाकर्षण गर्न चाहन्छु, केवल सरकारको मात्रै होइन, सबै माननीय सदस्यहरुको ध्यानाकर्षण गर्न चाहन्छु । राप्रपाले पछाडी फर्किने कुरा गरेको होइन । तर अब देश यहीँ बसिराख्न पनि सक्दैन । अब नयाँ सम्झौता गरेर अगाडी जानुपर्छ । कसैलाई निषेध गरेर मुलुक अगाडी बढ्दैन भन्ने कुरा प्रमाणित भइसक्यो । हाम्रो अहम् तुष्टिको लागि देशलाई बन्धक नबनाऔँ । सबै मिलेर नयाँ सम्झौता गरेर नविन बाटोमा देशलाई अगाडी लैजाऔँ भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।’

उहाँले विभिन्न भ्रष्टाचारका काण्डहरु आएपनि त्यसको निष्पक्ष रुपमा छानबिन हुन नसकेको बताउनु भयो ।