५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री डा महतको निर्देशन



file photo
अ+ अ-

कपिलवस्तु । अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीका जायज माग पूरा गर्न आफू तयार रहेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालयको आज निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “को कहाँ र के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुन्छ ।”

अर्थमन्त्री डा महतले कर्मचारीले गरेको कामले दिखे परिणामका आधारमा मूल्याङ्कन हुने बताउनुभयो । उहाँले व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्याङ्कन गरिए राजश्वको लक्ष्य नजिक पुग्न कठीन नहुने बताउनुभयो ।

व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गर्नुभयो । आन्तरिक राजश्व र भन्सारको अन्योन्यश्रित सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “कुन वस्तु कानुनीरुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्टियो भने राजस्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ ।”

उहाँले अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको भन्दै त्यसबाट कति कारोबार भयो रु कति आय भयो भन्ने पत्ता लगाउन सकिने बताउनुभयो । “होटल, रेस्टुराँजस्ता सेवा व्यवसायको सङ्ख्या बढिरहेको छ । नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ । उनीहरुलाई कर प्रणालीमा जोड्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री डा महतले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिनुभयो । “ अनावश्यकरुपमा कसैलाई दु:ख दिनु हुँदैन र आँखा चिम्लिनु पनि हुँदैन । जे गर्नुपर्ने हो त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ”, उहाँले भन्नुभयो ।