१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने

सरकारको ज्यादतीका बिरुद्धमा सशक्त जनदबाब आवश्यक भयो: विष्णु पौडेल

सरकारको ज्यादतीका बिरुद्धमा सशक्त जनदबाब आवश्यक भयो: विष्णु पौडेल
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको बताउनुभएको छ ।

सोमवार प्रेस चौतारी नेपालको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको मुलुकको परिस्थिति कहाली लाग्दो रहेको बताउनु भयो । उहाँले देशको अहिलेको स्थिति मल्टी अर्गन फेलियर रहेको बताउनु भयो । उहाँले देशलाई यो ठाउँमा ल्याइपुर्‍याउने काम अहिलेको गठबन्धन सरकारले गरेको आरोप लगाउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको बताउनु भयो ।

उहाँले प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने भएपनि अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको बताउनु भयो । उहाँले प्रतिपक्षका आवाज किनारा लगाउने काममा सरकार उद्धत रहेको बताउनु भयो । उहाँले पार्टीको सदनमा प्रश्तुती झनै सशक्त हुने बताउनु भयो । उहाँले सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन की भन्ने अनुभुति भइरहेकाले सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बनिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको मुलुकको परिस्थिति साँच्चि नै कहाली लाग्दो छ । गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा, संकीर्ण स्वार्थले गर्दा देश आज छियाछिया भएको छ । तपाईले कुनै त्यस्तो क्षेत्र पाउनुहुन्न जहाँ हामी समस्यामा होइन । गम्भीर समस्यामा नभएका हौँ । डाक्टरले गम्भीर बिरामीलाई कतिपय अवस्थाका बिरामीलाई मल्टी अर्गन फेलियर भन्ने गर्दछन् । मुटु हेर्दा खराब छ, फोक्सो खराब छ, कलेजो खराब छ, ब्लड खराब छ । ल्याब्रोटोरीका सबै इंगिटेटरहरुले खराब संकेत गरिरहेको हुन्छ । त्यस्तै जस्तो अहिले हाम्रो देश मल्टी अर्गन फेलियर भएको मानिसको अवस्था जस्तो बन्न पुगेको छ । देशलाई यो ठाउँमा ल्याइपुर्‍याउने काम अहिलेको गठबन्धन सरकारले गरेको छ ।’

‘शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था छैन । प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने हो, लोकतन्त्र जीवन्त लोकतन्त्रका निमित्त प्रतिपक्षको आवाज महत्वपूर्ण हुन्छ । त्यस हिसावले जानुपर्ने हो । तर अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको छ । प्रतिपक्षका आवाज किनारा लगाउने साथमा चलिरहेको छ । सदनमा हाम्रो प्रश्तुती आउने दिनमा अझ सशक्त हुनेछ । सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन की भन्ने अनुभुति हुँदैछ । सडकबाट पनि हामी सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बन्दैछ ।’

उपाध्यक्ष पौडेलले देशको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा रहेको बताउनु भयो । प्रधानमन्त्री र अर्थमन्त्रीका भनाइहरु नै बाझिरहेको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रका समस्या र समाधानमा अलमलमा रहेको बताउनु भयो । उहाँले अहिले साधारण खर्च धान्नसक्ने गरी राजश्व परिचालन हुन नसकेको बताउनु भयो । पुँजीगत खर्चको अवस्था चिन्ताजनक रहेको बताउनु भयो ।

उपाध्यक्ष पौडेलले वर्तमान सरकारले मुलुकले अर्थतन्त्रमा व्यहोरेका समस्या समाधानको ल्याकत नराख्ने बताउनु भयो । उहाँले सरकारको ज्यादतीका बिरुद्धमा सशक्त जनदबाब अहिलेको आवश्यकता बनेको र केही समयपछि जनताका माझमा सशक्त जनदबाब श्रृष्टि गर्ने हिसावले जाने बताउनु भयो ।