१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने

सरकारका कामलाई जनतासमक्ष पुर्‍याउने गरी प्रश्तुत हुन पार्टी सांसदलाई प्रधानमन्त्रीको निर्देशन

सरकारका कामलाई जनतासमक्ष पुर्‍याउने गरी प्रश्तुत हुन पार्टी सांसदलाई प्रधानमन्त्रीको निर्देशन
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्‍याउने गरी संसदमा प्रश्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको पाटीको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले सरकारले गरेका काम कारबाही जनतासमक्ष पुर्‍याउने गरी संसदमा आफ्ना धारणा राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको हो ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा तेस्रो अधिवेशनलाई कसरी व्यवस्थ्ति गर्ने ? भन्नेबारेमा छलफल भएको बताउनु भयो । उहाँले बैठकमा प्रधानमन्त्री दाहालले भन्नुभएको भनाइलाई उद्धृत गर्दै सरकारले सुशासनका साथ जनताका पक्षमा उठाएका आवाजलाई संसदमा दरिलो आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको पनि बताउनु भयो । उहाँले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामति कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरुलाई निर्देशन दिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा हामीले तेस्रो अधिवेशनलाई कसरी व्यवस्थ्ति गर्ने ? सरकारले सुशासनका साथ जनताका पक्षमा जसरी आवाज उठाइरहेको छ, त्यसलाई जनताका प्रतिनिधि हामी दलका सदस्यहरुले संसदमा व्यवस्थित रुपमा कसरी उठाउने ? यि बारेमा हाम्रा छलफल भए । प्रधानमन्त्रीज्युले संसदलाई व्यवस्थित गर्नलाई खासगरी संघीयता कार्यान्वयनसँग सम्बन्धित जुन विधेयकहरु छन्, ति विधेयक व्यवस्थित गर्ने र सदनमा लैजाने र छलफल गर्ने बारेमा सांसदहरुलाई निर्देशन दिनुभएको छ । भोलि हामी ९ बजे बैठक बस्नेछौँ । राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रभावकारी रुपमा कसरी जनाताका आवाज लैजाने ? सरकारले गरेका राम्रा कामलाई जनतासमक्ष पुर्‍याउने गरी लैजाने गरेर जानका लागि आवश्यक निर्देशन दिनुभएको छ ।’

‘संसदमा अब कार्यतालिकाकासाथ जानेकुरा हामी प्रमुख सचेतक र सचेतक तथा सांसदहरु उठाउनुभएको थियो । कार्य व्यवस्थाको बैठक बस्दैछ, त्यहाँ कार्यतालिका आउँछ । त्यो कार्यतालिकालाई पालन गरेर आफ्नो भुमिकासहित अघि बढ्नेछौँ । टिआरसी सरकारको, हाम्रो पार्टीको सबैभन्दा बढी प्राथमिकता भएको विधेयक हो । सरकारले सकेसम्म सहमतिबाट अघि बढाउने भनेको छ । सहमति हुन सकेन भने प्रक्रियामा लगेर भनेपनि टुंग्याउने भन्ने छ । सकेसम्म सहमतिबाटै टुंग्याऔँ भन्ने हो ।’

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक सरकारको सबैभन्दा बढी प्राथमिकता भएको विधेयक रहेको बताउनु भयो । बैठक मंगलवार बिहान ९ बजे पुन: बस्नेछ ।