१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

प्रधानन्यायाधीश श्रेष्ठको प्रश्न: अहिले अदालतलाई कसैले औंलो ठड्याउन सकेको छ ?

प्रधानन्यायाधीश श्रेष्ठको प्रश्न: अहिले अदालतलाई कसैले औंलो ठड्याउन सकेको छ ?
अ अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गर्नुभएको छ ।

कर्मचारीहरुको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको उहाँको भनाई थियो । नेपाल निजामती कर्मचारी संगठन, विभागीय कार्य समिति, सर्वाेच्च अदालतद्वारा प्रकाशित पुस्तक ‘न्याय’को शुक्रवार काठमाडौंमा लोकार्पण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारी, न्यायाधीश सबैका कारण न्यायालय र न्यायकर्मीहरुमाथि सकैले पनि औला ठड्याउने अवस्था नरहेको जिकिर समेत गर्नुभयो ।

उहाँले न्यायकर्मीहरु सबै एकजुट भएर हिँडेकाले पनि न्यायालयमाथि कसैले प्रश्न उठाउने ठाउँ नभएको तर्क गर्नुभयो । त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयका सबै कर्मचारीमाथि आफूले समान खालको व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । न्यायालयको प्रमुखको हैसियतले न्यायालय भित्रका सबै कर्मचारी, न्यायाधीशहरुमाथि समान व्यवहार गर्नु आफ्नो कर्तव्य भएको पनि उहाँले बताउनु भयो । प्रधानन्यायाधीश श्रेष्ठले न्याय र कानूनसँग सम्बन्धित विषयमा कुनैपनि समस्या भएमा समाधानका लागि आफूले सधैँ साथ दिने आश्वासन पनि मातहतका निकायलाई दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो सुरुवात ट्रेड युनियनबाट भएको होइन । मलाई थाहा छैन । मलाई हामी सबै एउटा कर्मचारी जस्तो लाग्थ्यो क्या । तर पछि पछि मैले के बुझेँ भने यो केन्द्रिय ट्रेड युनियन, यता ट्रेड युनियन, कता ट्रेड युनियन छुट्टाछुट्टै विभागीय ट्रेड युनियन । अब प्रधानन्यायाधीशले कति ठाउँको ट्रेड युनियनमा जाने ? त्यो अलि उपयुक्त होइन कि भन्ने मेरो बुझाई । फेरि मैले वास्तवमा यो पुस्तक त हाम्रै कर्मचारी साथीहरुले प्रकाशन गर्न लागेको भन्ने बुझाई भइदिएको भए, त्यस किसिमले सल्लाहहरु मलाई आईदिएको भए सायद मेरो पनि केही न केही दुई शब्द म पनि लेख्थे हुँला । यस्तो खालको भ्रम सायद मेरै ज्ञानको कमीले होला । मैले तपाईहरुलाई भनिसके कि म ट्रेड युनियनमा कहिल्यै पनि आवद्ध भएको छैन । त्यो लाईनमा हामी कहिल्यै पनि भएनौं । कानूनले नै दिएन हामीलाई उस बखत । अव ४३ वर्ष पुग्न लागेछ हाम्रो पनि । त्यस बखत थिएन । तर जे भएपनि अन्तिममा आज यो महत्वपूर्ण दिनमा यो पुस्तकको लोकर्पण गर्न पाएकोमा म साह्रै हर्षित छु । गौरवान्वित छु । वास्तवमा यो धेरै नै उपयोगी हुने रहेछ ।

सबैको लागि उपयोगी होस भन्ने चाहना राखेर तपाईहरुले प्रकाशन गर्र्नु भएको रहेछ । अब म के चाहन्छु भने–यो पुस्तकको प्रकाशन त गर्नु भयो । तर यो पुस्तकको प्रयोग कसरी व्यापक बनाउन सक्ने, यो पुस्तकको सबैले अध्ययन गर्ने वातवरण तपाईहरुले कसरी बनाउन सक्नु हुन्छ ? यो अलि चिन्ताको विषय हो जस्तो लाग्छ मलाई । यो पुस्तकको प्रयोग र कार्यान्वयनमा आयो भने न यो पुस्तकको महत्व होला । नभएको यसको सञ्चय गरेर राखेर त के फाईदा होला ? जस्तो मलाई लाग्दछ । यो पुस्तकमा भएका लेख, रचनाहरुले के न्यायकर्मी, के कर्मचारीहरु, के सम्पूर्ण न्यायसँग सम्बन्धित क्षेत्रमा जान्न चाहने जिज्ञासुहरुका लागि यसले कुनै न कुनै रुपमा मद्दत गर्नसक्छ । मद्दत गर्छ । आफ्नो ज्ञान अभिवृद्धि गर्न सहयोग गर्ला जस्तो मैले बुझेँ । यस्ता खालका नयाँनयाँ सृजनशील कामहरु, रचनात्मक कामहरु, यो पछिसम्म रहिरहने, सबैले अनुसन्धानका लागि, अध्ययनका लागि के विद्यार्थी, के न्यायकर्मी, सबैको लागि सधैधरी रहिरहने दस्ताबेज भएको हुनाले यसको महत्व ज्याँदैछ । हामी आफैँले प्रकाशन गर्‍यौं तर आफूले कति हेर्‍यौं, कति हेर्न उत्प्रेरित गर्‍यौं ? सबैले यसको उपयोगिता, यसलाई उपयोग गरेर, प्रयोग गरेर हेर्ने बानी बसाल्यौ भने सायद हामी कर्मचारी साथीहरुले पनि अब आफ्नो वृद्धि विकास त छदैछ । ज्ञान उपार्जन त छँदैछ ।

न्याय पालिकालाई पनि केही टेवा दिन सकिन्छ कि, बेञ्चमा पनि केही सहयोग गर्न सकिन्छ कि ? आदि इत्यादिका लागि यसलाई पनि हामीले ध्यान दिनुपर्ने कुरा छ । अर्थात म न्यायिक नेतृत्वमा आएको अर्थात म प्रधानन्यायाधीश सबै न्यायपालिकाका साथीहरु मेरा लागि समान हुन्छन् । अझ कर्मचारी साथीहरुत सबैलाई मैले समान व्यवहार गर्नुपर्छ । त्यो मेरो कर्तव्य नै हो । म कसैलाई पनि आफ्नोतिर ढल्किने, अरुलाई नहेर्ने मेरो बानी छैन । कारण के भने म धेरै तलदेखि काम गर्दै आएको व्यक्ति हुँ । त्यसैले मैले सबैको मर्का बुझेको छु । त्यसैले म तपाई साथीहरुसँग के आशा गर्छु भने–विगतमा दिनमा जे भयो, भयो । अबका दिनमा यस किसिमको खाडल पर्न दिन्न, पार्न पनि हुँदैन । त्यो मलाई थाहा छ । तपाई कर्मचारी साथीहरुले गर्दा नै अहिले गतिमा हिँड्दैछ न्यायालय । अहिले कसैले हामीलाई औंला ठडयाउन सकेको छ र ? हामी सबै एकजुट भएर हिँडेका छौ नि । कर्मचारी, न्यायाधीश सबै ल गरौँ भनेर होष्टेमा हैैसे पार्नुभएको छ । तपाईहरुको ठूलो योगदान छ । सबै कर्मचारी साथीहरुको योगदान छ । त्यसलाई म आदर, सम्मान गर्छु । र, जुन काम तपाईहरुले गर्नुभएको छ । यदि त्यो न्यायसँग सम्बन्धित छ । कानूनसँग सम्बन्धित छ । त्योदेखि बाहेक म जान मिल्दैन । तपाईले यति कुरा बुझिदिनुस् मेरो । त्यस्तो छ भने मसँग आउनुस् । म त्यो काममा तपाईहरुले सधै सहयोग र साथ दिन्छु ।’

प्रधानन्यायाधीश श्रेष्ठले न्याय नामक पुस्तक न्याय क्षेत्रको उन्नयनमा महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास समेत व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल