२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा मतदान सम्पन्न, सवा ३ बजेदेखि मतगणना



अ+ अ-

जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मधेस प्रदेशमा मतदान सम्पन्न भएको छ ।

१०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७३ मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मधेशमा प्रदेश सांसद अभिराम शर्मा भने मतदानमा सहभागी छैनन् । अभिरामलाई थमन विक हत्या प्रकरणमा अदालतले जन्मकैदको फैसला गरेको थियो ।

यस्तै, सवा तीन बजेदेखि मतगणना सुरु गर्नेगरी छलफल भइरहेको जसपाका प्रदेश सांसद राम सहाय यादवले जानकारी दिए ।

मधेस प्रदेशमा अन्य र महिला समूहतर्फ दुई राष्ट्रियसभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।