२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशमा ६ मत खस्न बाँकी



अ+ अ-

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा ६ मत खस्न बाँकी रहेको छ ।

निर्वाचनमा दुई जनाप्रदेश सांसद र चार जना स्थानीय तह बाँकि रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा ११० प्रदेश सांसदहरुमध्ये १०८ जना र २३७ स्थानीय तहमध्ये २३३ जनाले मतदान गरिसकेका छन् ।

कार्यव्यस्तताका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह मतदानमा सहभागि नहुने उनका स्वकीय सचिव भूपदेव शाहले बताएका छन् । यस्तै, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ पनि मतदानको लागि नआउने बुझिएको छ ।

राष्ट्रियसभा चुनावमा बागमती प्रदेशबाट सत्ता गठबन्धन, नेकपा (एमाले), राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।




भर्खरै