५ श्रावण २०८३, मंगलवार
,
Latest
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने छ उद्योगलाई जरिवाना काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा मतदान सकियो, शतप्रतिशतले भोट हाले



सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदानका लागि लाइनमा बस्दै कर्णाली प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु। तस्बिर: सुरेश आचार्य / रासस
अ+ अ-

सुर्खेत । राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ । तीन सदस्यका लागि भएको निर्वाचनमा शतप्रतिशत भोट खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट सुरू भएको मतदानमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ गरी १९६ मतदाताले मतदान गरेको कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा दलित, महिला र अन्य गरी तीन पदका लागि गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (अन्य), नेकपा माओवादीका विष्णु बहादुर विक (दलित) र एकीकृत समाजवादीकी सावित्री मल्ल(महिला) उम्मेदवार छन् । एमालेबाट विमलाकुमारी शाही (महिला), डिल्लीप्रसाद भट्ट(अन्य) र हिक्मत विक (दलित) उम्मेदवार छन् ।